(Japan) 21 st May | 2026 | Thursday | 5:14:00 PM || (Nepal) 1:59:00 PM
 
 


टोकियोका म्याग्देलीहरुबिच बनभोज आयोजना हुँदै

  POSTED ON : Monday, 26 May, 2025 | Views : 830

टोकियोका म्याग्देलीहरुबिच बनभोज आयोजना हुँदै


टोकियो, जापान ।

जापानमा रहेका म्याग्देलीहरुले सामुहिक रुपमा भेटघाट सहित बनभोज कार्यक्रम (बिबिक्यू पार्टी) आयोजना गर्ने भएका छन् ।

टोकियो र आसपासमा रहेका म्याग्देली,म्याग्देली बिचको सम्बन्ध थप प्रगाढ बनाउने उदेश्य सहित भेटघाट, नाचगान र रमाइलो गर्नका लागि बनभोज कार्यक्रम आयोजना गरिएको मोना अन्तर्राष्ट्रियका अध्यक्ष ददिवल खड्काले जानकारी दिनुभयो ।

जापानमा बढ्दो म्याग्देलीहरुको संख्याका बिच भर्खरै आएका म्याग्देलीहरु बिच चिनजान र सम्वन्ध विस्तार सहित सधै जसो कामको थकानमा व्यस्त दैनिकिबाट आराम दिलाउन बिबिक्यू तथा भेटघाट कार्यक्रम आयोजना गरिएको बताइएको छ ।

भेटघाट कार्यक्रममा सम्पुर्ण म्याग्देलीहरुलाई उपस्थितीको लागि हार्दिक अनुरोध गरिएको छ ।

कार्यक्रम निम्न मिति र स्थानमा आयोजना गरिने भएको छ ।

...

मितिः २०२५/६/८ तारिक आईतबार

समयःबिहान 11 बजे देखि बेलुकी 5  बजे सम्म

स्थानः 〒259-1101

神奈川県伊勢原市日向2184-1

kanagawaken isehara city hyuga2184-1

स्टेशन बाट बिबिक्यु स्थल सम्म गाडीको व्यवस्था रहेको छ ।