(Japan) 13 th March | 2026 | Friday | 7:38:09 PM || (Nepal) 4:23:09 PM
 
 


जापानका स्याङ्जालीहरुको साझा संस्थाको अधिवेशन मार्च २३ मा आयोजना हुँदै

  POSTED ON : Tuesday, 18 March, 2025 | Views : 930

जापानका स्याङ्जालीहरुको साझा संस्थाको अधिवेशन मार्च २३ मा आयोजना हुँदै


टोकियो, जापान ।

स्याङ्जा समाज जापानको ७ औं अधिवेशन यहि मार्च २३ तारिख आयोजना हुने भएको छ । अधिवेशनको तयारी पुरा भएको र अधिवेशनमा सहभागी हुन स्याङ्जालीहरुको अन्तर्राष्ट्रिय संस्थाका अध्यक्ष विरेन्द्र जंग केसी जापान आइपुग्नुभएको स्याङ्जा समाज जापानका अध्यक्ष चित्र गुरुङ्ले जानकारी दिनुभयो ।

विभिन्न पेशा व्यवसाय र अध्ययनका शिलशिलामा जापानमा रहेका जापानवासी स्याङ्जालीहरुको छाता संस्था स्याङ्जा समाज जापानको ७ औं अधिवेशन टोकियोमा हुने छ ।

विविध उदेश्य र लक्ष्यसहित परदेशिएका जिल्लावासीहरुको सुख दुस्खमा हातेमालो गर्दै अगाडी बढ्ने उदेश्यले सन् २०१२ मा स्थापित भएको समाजले हालसम्म नागोया, सिजुओका, फुकुओका र किता कान्तो गरि ४ क्षेत्रीय समितिहरु गठन गरिसकेको छ ।

समाजका संस्थापक अध्यक्ष, पुर्व आईसिसि अध्यक्ष एवं निर्वाचन समिति संयोजक जीवन न्यौपानेका अनुसार मार्च १३ तारिखदेखि खुलाईएको उमेद्वार मनोनयन मार्च १९ तारिखसम्मलाई तय गरिएको छ । 

सबै क्षेत्रमा गरि ३०९ जना आजीवन सदस्य र ५० जना साधारण सदस्य रहेका समाजको ७ औं अधिवेशनलाई सम्बोधन गर्न स्याङ्जा सहयोग समाज अन्तराष्ट्रीय समन्वय समिति अध्यक्ष विरेन्द्र जंग केसी अमेरिकाबाट १९ तारिख टोकियो आईपुग्ने समाजका महासचिव सागारमणी न्यौपानेले जानकारी दिएका छन् ।