(Japan) 12 th September | 2024 | Thursday | 1:40:02 AM || (Nepal) 10:25:02 PM
 
 


रास्वपा जापान सम्पर्क विभाग पूर्नगठन

  POSTED ON : Tuesday, 13 August, 2024 | Views : 1598

रास्वपा जापान सम्पर्क विभाग पूर्नगठन


टोकियो, जापान ।

राष्ट्रिय स्वतन्त्र पार्टि समर्थकहरुको जापान संगठन प्रवास नेपाली सम्पर्क बिभाग जापानको समिति पुनर्गठन भएको छ । 

प्रवास नेपाली सम्पर्क बिभाग जापानको समिति पुनर्गठन पश्चात फेरी पनि दिलेन्द्र प्रसाद जोशीको नेतृत्वमा ११ सदस्यीय राष्ट्रिय समिति बनेको छ ।

जस अनुसार प्रमुखमा दिलेन्द्र प्रसाद जोशी, उप प्रमुखमा समिर जंग खड्का र सचिवमा बिशाल बिके रहेका छन् ।

पूर्नगठित विभागको कोष नियन्त्रकमा भोजेन्द्र सुबेदी, र सदस्यहरुमा सरोज धमला, अजय राना, प्रमिला सिग्देल तिमल्सिना, बबली जोशी, प्रकाश भण्डारी, संजय थापा र सविन पाठक रहेका छन् ।

केन्द्रिय बिभागको निर्देशन तथा कार्यविधि अनुसार २०२४.४.२७ तारिख भर्च्युअल माध्यमबाट तत्कालिन श्रम रोजगार मन्त्रि तथा पार्टी उपसभापति, बिभाग प्रमुख डोल प्रसाद अर्यालको प्रमुख आतिथ्यता र केन्द्रिय बिभाग सचिव पदम राज पन्थीको विशिष्ट आतिथ्यतामा ऒसाकामा भएको समिति पुनर्गठन तथा बृहत क्षेत्रिय भेलाबाट जोशीको नेतृत्वमा प्रवास नेपाली सम्पर्क बिभाग जापान राष्ट्रिय समिति पुनर्गठन भएको समिति सचिव बिशाल बिकेले जानकारी दिए ।

यो संगै सबै क्षेत्रको समितिहरुलाई समेत पुनर्गठन गरि मिति २०२४.८.१२ तारिख राष्ट्रिय समिति देखि शाखा समिति सबैलाई सपथ ग्रहण सम्पन्न गराइएको प्रवास नेपाली सम्पर्क बिभाग केन्द्रिय समिति जापानका प्रमुख दिलेन्द्र प्रसाद जोशीले जानकारी दिए ।

समितिहरुलाई पार्टी उप-सभापति एवम बिभाग प्रमुख डोल प्रसाद अर्यालले सपथ गराएका हुन् । सपथ ग्रहण कार्यक्रममा केन्द्रको तर्फबाट पार्टी उपसभापति एवम बिभाग प्रमुख डोल प्रसाद अर्याल  र बिभाग सचिव पदम राज पन्थी उपस्थित रहेका थिए ।

समितिहरुको नावालीहरु सार्वजनिक पश्चात राष्ट्रिय समितिको भौतिक उपस्थिति संगै शाखा समितिहरुले अनलाइन माध्यमबाट सपथ लिएको समिति सदस्य अजय रानाले जानकारी दिए ।

अहिलेसम्म ६ ओटा क्षेत्रमा समिति गठन भइसकेको र समिति पुनर्गठनको काम ५ ओटा क्षेत्रमा सम्पन्न भएको र कान्तो शाखा समितिमा भने पुनर्गठन प्रक्रिया बाकि रहेको रानाले जानकारी दिए । कान्तो शाखामा पनि अगष्ट ३० भित्र समिति पुनर्गठन गरि निरन्तर संगठनको कार्यमा सक्रिय भइ अगाडी बढ्ने कुरा सचिव बिकेले  बताए । त्यो लगत्तै होक्काइदो शाखा समिति निर्माण गरि सबै शाखा हरुमा राष्ट्रसेवक समाजहरुपनि थप गर्दै जाने जानकारी दिए ।

नेपालको वर्तमान राजनैतिक अवस्था र सिंगो देशको अवस्थालाइ मध्यनजर गर्दै केहि नया सोच अनि परिवर्तनको सम्बाहक बनेर उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले देश विदेशमा रहनु हुने सम्पूर्ण नेपालि आमा बुवा दाजु भाइ दिदि बहिनिहरु सबैलाई राष्ट्र परिवर्तनको अभियानमा सरिक गराउनको लागि राष्ट्रिय स्वतन्त्र पार्टीको विधानको धारा ७६ को१ ९ घ ०अनुरुप प्रवास नेपाली सम्पर्क बिभाग अन्तर्गत रही प्रवासमा रहेर पनि पार्टीलाइ बिचार सुझाव सल्लाह र सहि दिशा निर्देशनमा  महत्वपूर्ण भूमिका निभाउने हेतुले प्रवास नेपाली सम्पर्क बिभागको अवधारणा अन्तर्गत  प्रवास नेपाली सम्पर्क बिभाग जापानले मिति २०२२.१२.३० तारिकको दिन तत्कालिन गृहमन्त्रि एवम पार्टी सभापति रबि लामिछानेको प्रमुख अथित्यता र  तत्कालिन  श्रम तथा रोजगार मन्त्रि एवम पार्टी उप-सभापति, बिभाग प्रमुख  डोल प्रसाद अर्यालको  विशिष्ट अथित्यता, दिलेन्द्र प्रसाद जोशी को संयोजकत्वमा समिति घोषणा गरेको थियो । 

तत्कालिन समितिले विभागको सामान्य सन्चालन कार्यविधि  निर्माण गरि जापानको ६ ओटा क्षेत्रमा क्षेत्रिय समिति निर्माण संगै  सामान्य सन्चालन कार्यविधि अनुसार समिति संरचना ,केन्द्रिय समिति २१ जाना, क्षेत्रिय  समिति २१ जाना ,उप समिति १५ जना गरि केन्द्र, क्षेत्र र उप-समितिहरु निर्माण गरेको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टीको बिधानको धारा ७६ को १ (घ) बमोजिम केन्द्रिय कार्यसम्पादन समितिको मिति २०८०.६.२४ गतेको निर्णय बमोजिम गठित प्रवास नेपाली सम्पर्क बिभागको उदेश्य अनुरुप बिभागलाइ सक्रिय र क्रियाशील बनाउन प्रवास नेपाली सम्पर्क बिभाग सन्चालन कार्यविधि २०८० तयार गरि मिति २०८०.८.२० तारिक पार्टीको केन्द्रिय कार्यसम्पादन समितिबाट स्वीकृत भएसंगै प्रवास नेपाली सम्पर्क बिभाग केन्द्रिय समितिले कार्यविधि कार्यान्वयनका लागि मिति २०८०.१०.०३ गते को निर्देशन पत्र संख्या २०८०/८१ चलानी नम्बर ३९ अनुसार यस अघि गठन भएका सबै देशका संगठनहरुलाई कार्यविधि अनुसार पुनर्गठन गर्न गराउन आएको निर्देशन अनुसार प्रवास नेपाली सम्पर्क बिभाग जापानको सबै समितिहरु पुनर्गठन भएको र कार्यविधि अनुसार समिति संरचना पहिलाको भन्दा धेरै फरक भएको प्रमुख जोशीले बताए ।

पहिलाको समितिमा पदिय सम्बोधन र अहिलेको समितिको पदिय सम्बोधनमा समेत परिवर्तन भएको छ । पहिला केन्द्रिय समिति भनि सम्बोधन हुने ठाउमा अहिले राष्ट्रिय समिति भनि सम्बोधन हुने भएको छ । क्षेत्रिय समितिको ठाउमा शाखा समिति उप समिति को ठाउमा राष्ट्र सेवक समाज, त्यसै गरि सभापतिको ठाउमा राष्ट्र प्रमुख, उप-सभापति ठाउमा उप प्रमुख , महामन्त्रिको ठाउमा सचिव र कोषाध्यक्षको ठाउमा कोषनियन्त्रक शब्दले सम्बोधन हुने भएको छ ।