(Japan) 15 th April | 2026 | Wednesday | 12:36:49 PM || (Nepal) 9:21:49 AM
 
 


जापानका पूर्व सैन्य प्रमुखमाथि चीनद्धारा कडा प्रतिबन्ध

  POSTED ON : Tuesday, 16 December, 2025 | Views : 726

जापानका पूर्व सैन्य प्रमुखमाथि चीनद्धारा कडा प्रतिबन्ध


टोकियो, जापान ।

चीनले जापानका पूर्व सैन्य प्रमुखमाथि कडा प्रतिबन्धको घोषणा गरेको छ ।

जापानको सेल्फ-डिफेन्स फोर्स (SDF) का पूर्व प्रमुख शिगेरु इवासाकीमाथि सोमबारदेखि लागु हुने गरी चीनले कडा प्रतिबन्ध लगाएको हो ।

जापानको पूर्व सैन्य प्रमुख भएररपनि हाल ताइवान सरकारको कार्यकारी शाखाका राजनीतिक सल्लाहकारको रूपमा बसेपछि उनिमाथि चीनले प्रतिबन्धको घोषणा गरेको हो ।

चीनको विदेश मन्त्रालयले उनीमाथि ताइवान स्वतन्त्रताका पक्षधर शक्तिहरूसँग खुल्लमखुल्ला मिलेमतो गरेको आरोप लगाएको छ । यो कदमले चीनको सार्वभौमिकता र भौगोलिक अखण्डतामा गम्भीर क्षति पुर्याएको चिनियाँ मन्त्रालयको दाबी छ । 

प्रतिबन्धहरू अन्तर्गत, इवासाकीलाई हङकङ र मकाउ सहित चीन प्रवेश गर्न बन्देज गरिएको छ। साथै चीनमा रहेका उनको सम्पत्ति रोक्का गरिनेछ र चिनियाँ व्यक्ति वा समूहहरूसँग कुनै पनि कारोबार गर्न निषेध गरिएको छ ।

यो प्रतिबन्ध जापानी प्रधानमन्त्री सानाए ताकाइचीले ताइवानमाथि चीनको सम्भावित आक्रमण जापानमाथिको सुरक्षा खतरा भनि दिएको विवादास्पद अभिव्यक्तिपछि आएको चीनिया कदम हो । चीनले ताकाइचीको उक्त अभिव्यक्तिको कडा आलोचना गरिरहेको छ ।

जापानका मुख्य मन्त्रिपरिषद् सचिव मिनोरु किहाराले टोकियोमा यो एकतर्फी कदम भएको र यो खेदजनक रहेको बताए । चीनले ताइवानलाई आफ्नो अभिन्न अंग मान्दै आएको छ र यो घटनाले चीन र जापानबीचको तनावलाई एक महिना यता बढाउँदै लगेको छ ।