(Japan) 16 th May | 2026 | Saturday | 1:47:15 PM || (Nepal) 10:32:15 AM
 
 


अमेरिकी राष्ट्रपति सहित विशिष्ट व्यक्तिहरुको रात्रिभोजमा बिस्फोट, विस्तृत जानकारी आउँदै

  POSTED ON : Sunday, 26 April, 2026 | Views : 338

अमेरिकी राष्ट्रपति सहित विशिष्ट व्यक्तिहरुको रात्रिभोजमा बिस्फोट, विस्तृत जानकारी आउँदै


एजेन्सी ।

शनिबार वाशिंगटन डीसीमा ह्वाइट हाउस संवाददाताहरूको रात्रिभोजमा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई गोप्य सुरक्षा अधिकारीहरुले हतार हतार स्टेजबाट बाहिर निकालेका छन् । घटना रात्रिभोज स्टलमा बिस्फोट बताइएको ठूलो आवाजपछि भएको हो ।


उपराष्ट्रपति जेडी भान्स र उपस्थित ट्रम्पको मन्त्रिपरिषद्का सदस्यहरूलाई पनि हतार-हतार बाहिर निकालिएको सार्वजनिक भिडियोहरुमा देखाइएको छ ।


स्रोतलाई उदृत गर्दै सीएनएनले ट्रम्प सुरक्षित रहेको बताएको छ । प्रशासनका एक अधिकारीका अनुसार, मन्त्रिपरिषद् सदस्यहरू पनि सुरक्षित छन् ।


कार्यक्रम डीसीको हिल्टन होटलमा ह्वाइट हाउस संवाददाताहरूको डिनरमा भएको हो ।
...

अपडेट

शनिबार वाशिंगटन, डीसीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सहितका शिर्ष अधिकारी सहभागी ह्वाइट हाउस संवाददाताहरूको डिनरमा सम्भावित गोली चलाइएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पलाई गोप्य सुरक्षाकर्मीहरुले तुरुन्तै स्टेजबाट बाहिर निकालेर लगेका छन् ।


ताजा समाचार अनुसार उक्त घटनामा विस्फोट भएको आवाज गोलीको भएको बताइएको छ । जसमा कम्तिमा ५ वटा गोली प्रहार भएको बताइएको छ । गोली होटल बाहिरको क्षेत्रबाट होटलको कार्यक्रम स्थल तर्फ प्रहार भएको र गोली प्रहार गर्ने एक बन्दुकधारिलाई नियन्त्रणमा लिइएको समेत बताइएको छ ।

थप समाचार आउनेक्रम जारी रहेको छ ।