टोकियो, जापान ।
ताईवानमाथि सम्भावित चीनको सैन्य अस्तक्षेपलाई आफ्नो अस्तित्व माथिको आक्रमण ठान्ने अभिव्यक्ति र सैन्य उपस्थिति बढाइरहेको जापान बिरुद्ध चिन चिढिइरहँदा रुस समेत रिसाउन थालेको छ ।
जापानले ताइवान नजिकको द्वीपमा मिसाइल तैनाथ गर्ने योजनासँगै रूसको चेतावनी आएको छ ।
जापानले ताइवान नजिकका द्वीपहरूमा नयाँ सुरक्षा मिसाइल तैनाथ गर्ने निर्णयपछि रूसले रिसाउँदै नयाँ चेतावनी दिएको हो ।
रूसले जापानलाई अमेरिकाको निर्देशनमा काम गरेको आरोप लगाउँदै, यदि तैनाथी जारी रह्यो भने कडा प्रतिक्रिया दिने चेतावनी दिएको छ ।
जापानका रक्षा मन्त्रीले हालै इशिगाकी र योनागुनी द्वीपको निरीक्षण गरेका छन्, जुन द्वीपहरू चीनलाई रोक्नको लागि टोकियोको रणनीतिमा महत्वपूर्ण केन्द्र मानिन्छ । यो टापु ताइवान देखि करिव ११० किलोमिटर मात्र टाढा पर्दछ ।
रूसको भनाइअनुसार, जापानले आफ्नो दक्षिणपश्चिम क्षेत्रलाई “आक्रमणकारी सैन्य बेस” मा परिणत गर्दैछ, जुन चीनको आरोपसँग मेल खान्छ ।
टोकियोले भने, मिसाइलहरू पूर्ण रूपमा रक्षात्मक रहने भन्दै चीन र रूसको बढ्दो आक्रामकता रोक्न आवश्यक रहेको बताउँदै आएको छ । प्रधानमन्त्री सानाए ताकाइचीले जापानको लामो समयदेखि लागू रहेको गैर नाभिकीय नीति पुनरावलोकनको छलफल अघि बढाएकी छिन्, जसले मस्को र बेइजिगंलाई आक्रोसित बनाएको छ ।
यस घटनाले देखाउँछ जापान विश्व शक्तिहरू बीच बढ्दो तनावको केन्द्र बिन्दु बन्दै गरेको देखाएको छ । इन्डो प्यासिफिक क्षेत्रमा दशकयतिको सबैभन्दा खतरनाक समय सुरु हुन सक्ने संकेत जारी रहँदा उत्तर कोरियाले भने जापानी पछिल्ला सैन्य उपस्थितिको बारेमा केहि प्रतिक्रिया दिइसकेको छैन ।