(Japan) 26 th March | 2026 | Thursday | 4:45:44 AM || (Nepal) 1:30:44 AM
 
 


इजरायली अमेरिकी आक्रमणको मारमा नेपाली : युएईमा एक नेपालीको मृत्यु

  POSTED ON : Tuesday, 03 March, 2026 | Views : 446

इजरायली अमेरिकी आक्रमणको मारमा नेपाली : युएईमा एक नेपालीको मृत्यु


एजेन्सी ।

इरानमाथि इजरायल र अमेरकी सेनाले गरेको आक्रमण बिरुद्ध इरानले गरेको प्रत्याक्रमणका क्रममा युएईमा रहेको अमेरिकी सैन्य अखडामा आक्रमण गर्दा युएईमा एक जना नेपाली नागरिकको मृत्यु भएको छ।

युएईको रक्षा मन्त्रालयले सामाजिक सञ्जाल एक्स मार्फत मिसाइल आक्रमणबाट तीन जनाको मृत्यु भएको पुष्टि गरेको हो । जसमध्ये एक जना नेपाली नागरिक रहेको उल्लेख छ ।

‘अबुधाबीस्थित जायद अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन निष्क्रिय पार्ने क्रममा भएको घटनामा मिडिल इस्ट कम्पनीमा सेक्युरिटी गार्डको रूपमा कार्यरत नेपाली नागरिक श्री दिवस श्रेष्ठ (वर्ष २९, घर गोरखा जिल्ला) को दु :खद निधन भएको सम्बन्धमा यूएईको परराष्ट्र मन्त्रालयबाट आधिकारिक जानकारी प्राप्त भएको छ,’ नेपाली दूतावासले जनाएको छ ।

दूतावासले श्रेष्ठको निधनप्रति गहिरो दुस्ख व्यक्त श्रद्धाञ्जली अर्पण गरेर शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरेको छ ।

साथै, मृतकको पार्थिव शरीर यथाशीघ्र स्वदेश फिर्ता पठाउने प्रक्रियामा आवश्यक सहजीकरण गरिने दूतावासले जनाएको छ ।

अर्का एक जना बंगलादेशी र पाकिस्तानी नागरिक छन्। 

अरू ५८ जना सामान्य घाइते समेत रहेको मन्त्रालयले उल्लेख गरेको छ। 

अमेरिकाले इरानमा हमला गरेपछि इरानले मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई निशाना बनाएको छ।

युएईको रक्षा मन्त्रालयका अनुसार आक्रमण सुरू भएयता इरानले  युएईमा १६५ वटा ब्यालिस्टिक मिसाइल प्रहार गरेको थियो।

तीमध्ये १५२ वटा नष्ट गरिएको र १३ वटा समुद्रमा खसेका छन्।

दोस्रो दिन बिहान मात्रै २० वटा ब्यालिस्टिक मिसाइल खसालिएको र आठ वटा समुद्रमा खसेको जनाइएको छ।

यसैगरी दुई वटा क्रुज मिसाइललाई पनि युएईको प्रतिरक्षा प्रणालीले नष्ट गरिएको रक्षा मन्त्रालयले जनाएको छ।

आक्रमण सुरू भएयता इरानले कुल ५४१ वटा ड्रोन हमला गरेको थियो। तीमध्ये ५०६ वटा ध्वस्त पारिएको र ३५ वटा देशभित्र खस्दा भौतिक क्षति पुगेको मन्त्रालयले जनाएको छ।

२१ वटा ड्रोनले सर्वसाधारणका संरचनामा प्रहार गरेको उल्लेख गरिएको छ।

घटनामा विभिन्न देशका नागरिक गरी ५८ जना सामान्य घाइते भएका छन्।

घाइतेमध्ये इमिरेट्स, इजिप्ट, इथियोपिया, फिलिपिन्स, पाकिस्तान, इरान, भारत, बंगलादेश, श्रीलंका, अजरबैजान, यमन, युगान्डा, एरिट्रिया, लेबनान र अफगानिस्तानका नागरिक रहेका छन् ।