(Japan) 15 th June | 2026 | Monday | 4:26:16 PM || (Nepal) 1:11:16 PM
 
 

गत वर्ष इरानमा थुनामा रहेका जापानी नागरिक रिहा

  POSTED ON : Sunday, 22 March, 2026 | Views : 546

गत वर्ष इरानमा थुनामा रहेका जापानी नागरिक रिहा


टोकियो, जापान ।

जापानी विदेशमन्त्री तोशिमित्सु मोतेगीले इरानमा थुनामा रहेका दुई जापानी नागरिकमध्ये एकलाई रिहा गरिएको र चाँडै देश फर्कने घोषणा गरेका छन् ।

मोतेगीले फुजी टेलिभिजनलाई बताएअनुसार उक्त व्यक्तिलाई गत वर्षदेखि हिरासतमा राखिएको थियो र बुधबार रिहा गरिएको थियो ।

यस वर्षको सुरुमा पक्राउ परेका अर्का जापानी नागरिक अझै पनि हिरासतमा रहेको उनले बताएका छन् ।

मोतेगीले दुवै जनाको पहिचान खुलाएका छैनन् र रिहा भएका जापानी नागरिकलाई २०२५ मा हिरासतमा राखिएको बताए । उनले इरानी विदेशमन्त्री अब्बास अराघाचीसँगको वार्तापछि रिहा भएको बताए र अर्का बन्दीको रिहाईका लागि आफूहरुले अझैपनि काम गरिरहेको बताएका छन् ।