(Japan) 15 th December | 2025 | Monday | 11:07:32 AM || (Nepal) 7:52:32 AM
 
 


चीनद्धारा जापान भ्रमण नगर्न सूचना, जापानको सुरक्षा विग्रिएको दावी

  POSTED ON : Friday, 28 November, 2025 | Views : 236

चीनद्धारा जापान भ्रमण नगर्न सूचना, जापानको सुरक्षा विग्रिएको दावी


टोकियो, जापान ।

तीन साता यता कुटनीतिक र सार्वजनिक तहमै आरोप प्रत्यारोप चलिरहेको चीन र जापानबिचको विवाद समाधान उन्मुख नभएको देखिएको छ । यसलाई पुष्टि गर्दै चीनले पुनः आफ्ना नागरिकलाई जापान भ्रमण नगर्न चेतावनीयुक्त सूचना जारी गरेको छ ।

चीनले आफ्ना नागरिकहरूलाई जापान यात्रामा सुरक्षामा ध्यान दिन र यात्रा नगर्न फेरि अनुरोध गरेको हो । जापानस्थित चिनियाँ दूतावासले नोभेम्बर २६ को राति सामाजिक सञ्जालमार्फत यो चेतावनी जारी गरेको हो ।

दूतावासले हालै जापान भ्रमणमा आएका आफ्ना धेरै नागरिकले विनाकारण गालीगलौज र कुटपिटबाट घाइते भएको रिपोर्ट प्राप्त भएको दाबी गरेको छ । यसअघि यहि नोभेम्बर १४ मा चीनको विदेश मन्त्रालयले प्रधानमन्त्री सानाए ताकाइचीको ताइवानमा सैन्य कारबाही भएमा जापानको अस्तित्व संकटमा पर्न सक्ने भन्ने भनाइको विरोधमा यात्रा नगर्न आग्रह गरेको थियो ।

जापान सरकारले भने जापानको सुरक्षा अवस्था बिग्रिएको भन्ने चीनको आरोपको खण्डन गरेको छ ।

चीन र जापान बिचको विवाद कुटनीतिक देखि व्यापारिक क्षेत्रमा समेत विस्तार भइरहेको छ ।