एजेन्सी ।
टर्किएले प्यालेस्टाईन जागा क्षेत्रमा दुई बर्षदेखी ईजरायलले गरिरहेको नरसंहार तथा मानवता बिरुद्धको अपराधमा दोसी ठहर गर्दै इजराइलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहू विरूद्ध पक्राउ पुर्जी जारी गरेको छ।
गाजामा नरसंहार र मानवताविरूद्धको अपराध गरेको आरोपमा इस्तानबुल सार्वजनिक अभियोजकको कार्यालयले इजराइली प्रधानमन्त्री नेतन्याहूसहित ३७ जना शिर्ष अधिकारी विरूद्ध पक्राउ पुर्जी जारी गरेको हो ।
अलजजिरा समाचार संस्थाका अनुसार प्रधानमन्त्री नेतन्याहूसहित रक्षामन्त्री इसराइल कात्ज, राष्ट्रिय सुरक्षा मन्त्री इतामार बेन गभिर, र सेनाप्रमुख इयाल जामिरविरूद्ध नरसंहार र मानवताविरूद्धको अपराधमा मुद्दा दर्ता भएपछि पक्राउ आदेश जारी भएको हो ।
अभियोजक कार्यालयका अनुसार गाजामा भएका युद्ध अपराध तथा पछिल्लो महिनामा गजातर्फ राहत लिएर जाँदै गरेको ट्रकमा इजराइली सेनाले गरेको आक्रमणका घटनामा यी अधिकारीहरू संलग्न पाइएका छन् ।
इजराइलले टर्कीको कदमको कडा आलोचना गरेको छ।
इजराइली विदेशमन्त्री गिडेओन साआरले यसलाई राष्ट्रपति रेसेप तय्यिप एर्दोगानको प्रचारको हतियार भएको जिकिर गरेका छन् ।
हमास सहित इजरायली नरसंहारको बिरोध गर्दै आएको विश्व समुदायले भने टर्कीको कदमको स्वागत गरेको छ।
‘यो कदमले तुर्क जनताको न्यायप्रतिको प्रतिबद्धता र नेतृत्वको उच्च मानवीय दृष्टिकोणलाई प्रमाणित गर्छ,’ हमासले विज्ञप्तीमा भनेको छ।
टर्कीको यो कदमले गजामा अमेरिकी मध्यस्थतामा भएको युद्धविराम कार्यान्वयनका लागि बन्न लागेको बहुराष्ट्रिय सुरक्षा बलमा टर्कीको भूमिकामाथि प्रश्न उठाएको छ।
यसअघि यो साता इस्तानबुलमा मुस्लिम बहुल मुलुकहरूको बैठकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको २० बुँदे युद्धविराम योजनाअन्तर्गत ‘इन्टरनेशनल स्टेबिलाइजेशन फोर्स’ ९आइएसएफ० गठनबारे छलफल गरेको थियो।
यो बलले नयाँ प्यालेस्टिनी सुरक्षा बललाई तालिम दिने र गाजामा स्थायित्व कायम गर्ने जिम्मेवारी पाउने तयारीमा छ।
महिना दिनअघि इजराइल र हमासबीच युद्धविराम गराउन महत्त्वपूर्ण भूमिका खेलेको थियो।
अमेरिकी अधिकारीहरूका अनुसार हमासलाई युद्धविराममा राजी गराउन टर्कीले भूमिका खेलेको थियो । त्यसकारण टर्की पनि आइएसएफमा सहभागी हुन सक्ने देशहरूमध्ये एक हो ।
तर इजराइलले भने गाजामा टर्कीको सैनिक उपस्थितीबारे असहमति जनाएको छ ।
गाजामा नरसंहार र युद्ध अपराधको मुद्दामा गत वर्षमात्रै नेतन्याहूविरूद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालत ९आइसिसी०ले पक्राउ पुर्जी जारी गरेको थियो । तर अमेरिकाले भने इजरायली नरसंहारमा साथ दिंदै आएको छ ।