(Japan) 16 th April | 2026 | Thursday | 4:35:04 AM || (Nepal) 1:20:04 AM
 
 


अमेरिकी राष्ट्रपति ट्रम्प सोमबार जापान आउंदै, टोकियो आसपास कडा सुरक्षा चेकजाँच

  POSTED ON : Monday, 27 October, 2025 | Views : 1170

अमेरिकी राष्ट्रपति ट्रम्प सोमबार जापान आउंदै, टोकियो आसपास कडा सुरक्षा चेकजाँच


टोकियो, जापान ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो दोस्रो कार्यकालमा सोमबार पहिलोपटक जापान भ्रमणमा आउदै छन ।

ट्रम्पको तीन दिने भ्रमणलाई मध्यनजर गर्दै टोकियोमा अहिलेसम्मकै कडा सुरक्षा सतर्कता र चेकजाँच बढाइएको छ । ट्रम्प सोमबारदेखि बुधबारसम्म जापानमा रहने कार्यक्रम छ। 


टोकियो महानगरीय प्रहरीले मात्र १८,००० भन्दा बढी सुरक्षाकर्मीहरू परिचालन गरी ट्रम्पको भ्रमणकै लागि भनेर विशेष सुरक्षा मुख्यालय स्थापना गरेको छ।

सुरक्षा व्यवस्था अन्तर्गत अमेरिकी दूतावास नजिक गाडी जाँच, कुकुरबाट शंकास्पद वस्तुको खोजी र ड्रोन उडानमा प्रतिबन्ध लगाइएको छ। 


प्रधानमन्त्री सानाए ताकाइचीसँगको भेटवार्ताका क्रममा दुई देशबीचको गठबन्धन र क्षेत्रीय सुरक्षाबारे छलफल र केही महत्वपूर्ण सम्झौता, समझदारि हुने पुर्वानुमान गरिएको छ । 


सुरक्षा कडाइका कारण मध्य टोकियोमा सवारी ट्राफिक जाम हुन सक्ने र स्थानीय तथा आप्रवासीहरूलाई असहजता हुन सक्ने बताइएको छ । 


ट्रम्पको भ्रमणको समयमा टोकियो र आसपासको क्षेत्रमा यात्रा गर्दै हुनुहुन्छ कृपया नबिर्सिकन आफ्नो परिचय खुल्ने कागजात बोकेर यात्रामा निक्लनुहोला ।


सकभर सोमबार देखी बुधवार अत्यावस्यक बाहेक बाहिरी यात्रा नगर्नू उत्तम हुनेछ । साथै निजी सवारीको साधनको साटो सार्वजनिक यातायातमा यात्रा गर्नु उत्तम हुनेछ ।