(Japan) 2 nd November | 2025 | Sunday | 6:15:10 AM || (Nepal) 3:00:10 AM
 
 

नेपालपछि जापानमा पहिलो पटक महिला प्रधानमन्त्री

  POSTED ON : Tuesday, 21 October, 2025 | Views : 446

नेपालपछि जापानमा पहिलो पटक महिला प्रधानमन्त्री


टोकियो, जापान ।

नेपालले महिला प्रधानमन्त्री पाएको ३९ दिनपछि मित्रराष्ट्र जापानले पनि इतिहासमै पहिलो पटक महिला प्रधानमन्त्री पाएको छ ।

यहाँको लिबरल डेमोक्रेटिक पार्टीकी अध्यक्ष सानाए ताकाइची जापानको प्रधानमन्त्रीमा निर्वाचित भएकी छिन् । मंगलबार संसदको तल्लो सदनले उनलाई प्रधानमन्त्रीमा निर्वाचित गरेको हो ।

ताकाइचीले जापानको पहिलो महिला प्रधानमन्त्रीको इतिहास रच्दै आफ्नो नाममा दर्ता गरेकी छिन् ।

प्रधानमन्त्रीको लागि संसदमा भएको मतदानमा २३७ मत पाउँदै उनी निर्वाचित भएकी हुन् । उनका प्रतिस्पर्धीले १४९ मत मात्र प्राप्त गरे । 

लिबरल डेमोक्रेटिक पार्टी जापानको सबैभन्दा ठूलो दल हो । यद्यपी यसले हालै भएको संसदिय निर्वाचनमा बहुमत गुमाएको छ ।

जापान इनोभेसन पार्टीसँग गठबन्धन गरेर एलडिपीले नयाँ सरकार बनाउने तयारी गरेको छ ।

६४ वर्षकी ताकाइची एक महिनाअघि मात्र पार्टीको अध्यक्षमा नियुक्त भएकी थिइन् । पूर्वसुरक्षामन्त्री रहेकी ताकाची ३० वर्षदेखि संसदमा प्रतिनिधित्व गर्दै आएकी छिन् । उनले आजै मन्त्रिपमण्डल गठनको तयारी गरेको जापानी सञ्चारमाध्यमहरुले जनाएका छन् ।

यसका लागि केहि मन्त्रीको नाम र जिम्मेवारी समेत तोकिसकिएको छ ।