(Japan) 12 th October | 2025 | Sunday | 10:24:53 AM || (Nepal) 7:09:53 AM
 
 

इजरायली सेनाले गाजामा ४ पत्रकारसहित २० जनाको ज्यान लियो

  POSTED ON : Tuesday, 26 August, 2025 | Views : 264

इजरायली सेनाले गाजामा ४ पत्रकारसहित २० जनाको ज्यान लियो


एजेन्सी ।

दक्षिणी गाजा पट्टीको एक अस्पतालमा इजरायली सेनाले नियोजित आक्रमण गरी पत्रकारहरुको ज्यान लिएको छ । 


इजरायली सेनाले अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा काम गर्ने ४ पत्रकारसहित कम्तीमा २० जनाको ज्यान लिएको हो ।

समाचार संस्था रोयटर्सले नासेर अस्पतालमा भएको आक्रमणमा आफ्ना १ क्यामेराम्यानको ज्यान गएको बताएको छ । यस्तै ज्यान गुमाउने अन्य ३ पत्रकार अल जजीरा, एसोसिएटेड प्रेस र एनबीसीका रहेका खबरमा उल्लेख छ ।


शुरुआती आक्रमणमा धेरै मानिसहरूको ज्यान गएको र उद्धारकर्ताहरू घटनास्थलमा पुग्दा भएको दोस्रो आक्रमणमा अरूको ज्यान गएको हमासद्वारा सञ्चालित नागरिक रक्षा विभागले जनाएको छ ।


गाजा शहरको अल–शिफा अस्पताल नजिकै इजरायली लक्षित आक्रमणमा अल जजीराका ४ सहित ६ जना पत्रकारको ज्यान गएको २ हप्तापछि आजको आक्रमण भएको हो ।


संयुक्त राष्ट्रसङ्घको मानव अधिकार कार्यालयले आक्रमणको निन्दा गर्दै यसलाई अन्तर्राष्ट्रिय कानूनको गम्भीर उल्लङ्घन भनेको छ ।