(Japan) 12 th October | 2025 | Sunday | 10:24:51 AM || (Nepal) 7:09:51 AM
 
 

इजरायलका कारण गाजामा अनिकाल - संयुक्त राष्ट्रसङ्घ

  POSTED ON : Saturday, 23 August, 2025 | Views : 480

इजरायलका कारण गाजामा अनिकाल - संयुक्त राष्ट्रसङ्घ


एजेन्सी ।

संयुक्त राष्ट्रसङ्घले गाजामा इजरायलद्धारा सिर्जित अनिकालको औपचारिक घोषणा गरेको छ । मध्यपूर्वमा पहिलो पटक अनिकाल परेको र पाँच लाख मानिसले ठूलो भोकमरीको सङ्कट सामना गर्नुपरेको राष्ट्रसंघले उल्लेख गरेको छ ।

राष्ट्रसङ्घका उच्च अधिकारीहरूले प्यालेस्टिनी क्षेत्रमा सहायता वितरणमा इजरायलले ‘सुनियोजित अवरोध’ पुर्‍याएको बताएका छन् । तर इजरायलले गाजा शहर र आसपासका क्षेत्रमा अहिले गरिएको अनिकाल घोषणा सही निर्णय नभएको र ‘निहित स्वार्थ’ रहेको भन्दै आफ्नो बचाउ गरेको छ ।

अन्तर्राष्ट्रिय अपराधद्धारा युद्ध अपराधी ठहर इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अनिकाल घोषणाको निन्दा गरेको समाचार संस्था एएफपीले जनाएको छ । अनिकालको आँकलन संयुक्त राष्ट्रसङ्घले जिम्मेवारी दिएको ‘इन्टिग्रेटेड फुड सेक्युरिटी फेज क्लासिफिकेसन इनिसियटिभ ९आईपीसी०’ ले गरेको थियो ।

यसले २० प्रतिशत घरधुरीमा खाद्यान्नको चरम अभाव हुँदा अनिकाल हुने उल्लेख गरेको छ । गाजामा पाँच वर्षमुनिका ३० प्रतिशत बालबालिका कुपोषित छन् । हरेक १० हजार मानिसमध्ये कम्तीमा दुई जनाको दैनिक भोकमरी वा कुपोषण र रोगका कारण ज्यान जाने गरेको छ ।

इजरायलले हमासविरुद्धको नाममा गाजामा विध्वंस र दैनिक दर्जनौंको ज्यान लिनेगरि निरन्तर आक्रमण गरेपछि गाजामा महिनौँदेखि मानवीय अवस्था बिग्रँदै गएको छ ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले गाजामा तत्काल युद्धविराम गर्न, इजरायलबाट हमासले बन्धक बनाएका सबैलाई रिहा गर्न र गाजामा पूर्ण मानवीय पहुँचका लागि अबरोध हटाउन इजरायलसँग पुनः आह्वान गर्नुभएको छ ।

६१ हजार भन्दा बढि प्यालेस्टाइन गाजा क्षेत्रमा इजरायली सेनाबाट मारिंदा करिव ८५ प्रतिशत मारिने सर्वसाधारण रहेको स्वयं इजरायली रिपोर्टले खुलाासा गरेको छ । तर हमास बिरुद्धको युद्धका नाममा इजरायलले गाजामा नरसंहार जारी राख्दा करिव २० हजार बालबालिका मारिएएका छन् ।