(Japan) 12 th October | 2025 | Sunday | 10:23:57 AM || (Nepal) 7:08:57 AM
 
 

फिलिपिन्समा दुई जापानीको गोली हानी हत्या

  POSTED ON : Tuesday, 19 August, 2025 | Views : 408

फिलिपिन्समा दुई जापानीको गोली हानी हत्या


टोकियो, जापान ।

फिलिपिन्सको राजधानी मनिलामा शुक्रबार २ जापानी नागरिकको गोली हानी हत्या भएको छ ।

ति जापानीहरुको सामान लुटपाट पछि हत्या भएको जापानको फिलिपिन्सस्थित दूतावासले जनाएको छ । फिलिपिन्समा सडक लुटपाटका घटना बढिरहेको भन्दै जापानी दूतावासले आफ्ना नागरिकहरूलाई सतर्क रहन आग्रह गरेको छ।

समाचार अनुसार मृतक जापानीहरु ट्याक्सीबाट ओर्लिएलगत्तै एक व्यक्तिले नजिक आएर गोली प्रहार गरेका थिए । गोली चलाएपछि ती व्यक्ति मोटरसाइकलमा भागेको बताइएको छ। पीडितहरूको उमेर र लिंगबारे भने खुलाईएको छैन ।

दूतावासले घटनाको विस्तृत विवरण बुझ्नका लागि हाल स्थानीय प्रहरीसँग सम्पर्कमा रहेको जनाएको छ।

गत वर्षको अक्टोबरदेखि मनिलामा जापानी नागरिकहरू लुटपाट सहित जापानी शैलीको रेष्टुरेन्टमा समेत लुटपाटका घटनाहरु भएको पाइएको छ ।