(Japan) 16 th April | 2026 | Thursday | 7:29:13 AM || (Nepal) 4:14:13 AM
 
 


फ्रान्स, जर्मनी, बेलायतद्धारा इरानी विदेशमन्त्रीसँग वार्ता गर्दै

  POSTED ON : Thursday, 19 June, 2025 | Views : 540

फ्रान्स, जर्मनी, बेलायतद्धारा इरानी विदेशमन्त्रीसँग वार्ता गर्दै


एजेन्सी ।

युरोपेली संघसँग नजिकका स्रोतहरुका अनुसार युरोपेली संघ, फ्रान्स, जर्मनी र बेलायतले शुक्रबार जेनेभामा इरानी विदेशमन्त्रीसँग वार्ता गर्ने भएका छन् ।

स्रोतहरूका अनुसार बुधबार युरोपेली संघको विदेश नीति प्रमुख काजा कालास र तीन युरोपेली देशका विदेशमन्त्रीहरूले स्विस शहरमा अब्बास अराघचीसँग इरान वरपरका पछिल्ला घटनाक्रमहरूको बारेमा छलफल गरेका छन् ।

स्रोतहरूका अनुसार युरोपेली पक्षले इरानलाई यसको आणविक कार्यक्रममा वार्तामा फर्कन मनाउने लक्ष्य राखेको छ ।

सोमबार, युरोपेली संघ र तीन देशहरूले अराघचीसँग फोनमा कुराकानी गरेका थिए ।

इरानी आणविक विकासको बारेमा आफ्नो चिन्ता व्यक्त गरेका ति देशले तेहरानलाई वार्ताको टेबलमा फर्कन आग्रह गर्दै इजरायली आक्रमणको बिरोध गर्दै इरानलाई आणविक हतियार लक्ष्य त्याग्न सुझाव दिएका थिए ।