(Japan) 16 th April | 2026 | Thursday | 7:24:01 AM || (Nepal) 4:09:01 AM
 
 


युद्ध भड्काउने गरि इजरायलले आक्रमण गरेपछि इरानद्धारा जवाफी कारवाही जारी

  POSTED ON : Sunday, 15 June, 2025 | Views : 590

युद्ध भड्काउने गरि इजरायलले आक्रमण गरेपछि इरानद्धारा जवाफी कारवाही जारी


एजेन्सी ।

इरानका मिडियाहरुले आइतबार बिहान इजरायली आक्रमणपछि तेहरानमा रहेको रक्षा मन्त्रालयको मुख्यालयको प्रशासनिक भवनमा क्षति पुगेको रिपोर्ट गरेको छ ।

इरानको सरकारी समाचार एजेन्सीले ईन्धन मन्त्रालयलाई उद्धृत गर्दै भनेको छ राजधानीमा रहेका दुई तेल भण्डारण सुविधाहरूमा आक्रमण गरिएको छ । इरानको सरकारी टेलिभिजनबाट प्राप्त भिडियो फुटेजमा ठूलो आगो र धुवाँ उडिरहेको देखिन्छ ।

शनिबार, इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सले एक विज्ञप्ति जारी गर्दै निरन्तर आक्रमणको बदला लिन इजरायली जेट इन्धन उत्पादन सुविधाहरू र ऊर्जा आपूर्ति केन्द्रहरूलाई लक्षित गरी कारबाहीको नयाँ लहर सुरु गरिएको स्पष्ट पारेको छ ।

इरानले आक्रमणका लागि मिसाइल र ड्रोन प्रयोग गरेको बताएको छ, यदि इजरायलको आक्रमण जारी रह्यो भने कारबाहीहरू ूअझ उग्र र व्यापक रूपमा जारी रहने इरानले बताएको छ ।

शुक्रबारको सुरुमा, युद्ध भड्काउने गरि इजरायली सेनाले इरानी आणविक सुविधाहरू र सैन्य नेताहरूलाई मार्ने अन्य लक्ष्यहरूमा आक्रमण गरेको थियो । इरानी मिडियाले इजरायलको आक्रमणमा कम्तिमा ७८ जनाको मृत्यु भएको बताएको छ ।

इरानले इजरायलतर्फ ब्यालिस्टिक मिसाइल र ड्रोन प्रहार गरेर बदला लिन थालेको छ । इजरायली मिडियाले चार जनाको मृत्यु भएको र १०० भन्दा बढी घाइते भएको बताएको छ । आज बिहान भएको इरानी जवाफी आक्रमणमा दर्जनौं इजरायलीहरु सम्पर्क विहिन भएको इजरायली समाचार संस्थाहरुले उल्लेख गरेका छन् ।

शनिबार, इरानी विदेशमन्त्री अब्बास अराघचीले ूनिरन्तर बर्बरू इजरायली आक्रमणहरूको बीचमा अमेरिकासँग वार्ता गर्नु अब अनुचित भएको बताएका छन् ।

उनको टिप्पणी इरान र इजरायललाई समर्थन गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनबीच इरानको आणविक कार्यक्रममा वार्ता भइरहेको बेला आएको हो।

अर्को चरणको वार्ता आइतबार हुने तय भएको थियो। तर वार्तामा मध्यस्थता गरिरहेको ओमानका विदेशमन्त्रीले बैठक रद्द भएको पुष्टि गरेका छन् ।