(Japan) 16 th April | 2026 | Thursday | 7:29:58 AM || (Nepal) 4:14:58 AM
 
 


युद्ध भड्काउनेगरी ईजरायलद्धारा ईरानमाथि आक्रमण, सेना प्रमुख सहित आणविक बैज्ञानिकहरुको हत्या

  POSTED ON : Friday, 13 June, 2025 | Views : 666

युद्ध भड्काउनेगरी ईजरायलद्धारा ईरानमाथि आक्रमण, सेना प्रमुख सहित आणविक बैज्ञानिकहरुको हत्या


एजेन्सी ।

सिरिया, प्यालेस्टाईन गाजा, लेबनन, यमन लगायत देशमा आक्रमण गरि दशौं हजार सर्वसाधारणको हत्या, भौतिक संरचना ध्वस्त र अस्थिरता निम्त्याएको अमेरिकाद्धारा संरक्षित ईजरायलले फेरि ईरानमाथि आक्रमण गरि समग्र खाडि देशहरुमा अस्थिरताको अवस्था सिर्जना गरेको छ ।

शुक्रबार राती ईरानका आवासिय क्षेत्र सहित सैनिक अखडा र आणविक उर्जा केन्द्रहरुमा आक्रमण गरि ईजरायलले दुई दर्जन बढिको ज्यान लिनुका साथै व्यापक क्षति पुर्याएको छ ।

सार्वजनिक विवरणहरु अनुसार ईजरायली आक्रमणमा परि ईरानको रिभोलुसनरी गार्डका प्रमुख हुसेन सलामी र जनरल गोलाम अली राशिदको हत्या गरेको छ । त्यसैगरि आणविक वैज्ञानिक तेहरान्ची र डा. फेरेदुन अब्बासको समेत ज्यान लिएको छ ।

गाजा नरसंहारमा अन्तर्राष्ट्रिय अदालतद्धारा युद्ध अपराधी घोषित इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहुले इरानमाथिको हमला ुअपरेशन राइजिङ लाइअनु नाम दिइएको बताए । यो सैन्य कार्वाही को एक भाग भएको भन्दै इरान इजरेलको ूअस्तित्वको लागिू खतरा भएको उनको जिकिर छ ।

इरानको रिभोलुशनरी गार्डस्‌को मुख्यालयमा इजरेली हमला भएको इरानी सरकारी सञ्चार माध्यमले जनाएको छ। स्थानीय मिडियाले पनि त्यहाँ आगो लागेको र धुवाँ आइरहेको जनाएका छन्।

इजरेली हमलामा इरानको रिभोलुशनरी गार्डस्‌का प्रमुख होसेन सलामी मारिएको पनि इरानी सरकारी सञ्चार माध्यमले जनाएको छ।

इस्लामिक रिभोलुशनरी गार्डस् इरानको सशस्त्र सेनाको एक भाग हो र त्यो देशको सबैभन्दा शक्तिशाली संगठनहरू मध्येमा पर्दछ।

इजरेली हमलामा मारिएका केही वरिष्ठ नेताहरू मध्येमा उनी पनि एक छन्। परमाणु उर्जा संगठनका भूतपूर्व प्रमुख फेरेडुन अब्बासी पनि मारिएको बताइएको छ।