(Japan) 23 rd September | 2026 | Wednesday | 12:05:20 AM || (Nepal) 8:50:20 PM
 
 


भारतमा एयर ईण्डियाको बिमान दुर्घटना, २४२ यात्रुमा कोहि पनि जिवित भेटिएनन

  POSTED ON : Friday, 13 June, 2025 | Views : 1252

भारतमा एयर ईण्डियाको बिमान दुर्घटना, २४२ यात्रुमा कोहि पनि जिवित भेटिएनन


एजेन्सी ।

भारतमा बिहिबार मध्यान्ह भएको बिमान दुर्घटनामा परेका २४२ जना मध्ये कोहिपनि जिवित नभेटिएको भारतीय समाचार संस्थाहरुले उल्लेख गरेका छन् ।

विभिन्न समाचार संस्थाहरुले र्दुघटनाग्रस्त बिमानको मुख्य खोजिकाम सकिएको तर कोहिपनि जिवित फेला नपरेको उद्दारमा संलग्न अधिकारीहरुलाई उदृत गर्दै समाचार प्रकाशित गरेका छन् ।

२४२ जना सवार मध्ये बिमानमा २३२ जना यात्रु र १२ जना बिमानका कर्मचारी रहेका थिए ।

जस मध्ये २१७ जना वस्यक र १२ जना बालबालिका सवार बिमानमा १६७ भारतीय, ५३ बेलायती, ७ पोर्जुगिच र १ क्यानाडेली नागरिक रहेको पुष्टि भएको छ ।

भारतीय अधिकारी तथा दुर्घटनामा परेको एयर ईण्डिया बिमान कम्पनीले अहिलेसम्म यात्रुहरुको मृत्युको पुष्टि गरिसकेको छैन ।