(Japan) 16 th April | 2026 | Thursday | 7:23:44 AM || (Nepal) 4:08:44 AM
 
 


हमास बिरुद्वको कारवाहीको नाममा इजरायलद्वारा १६ हजार बढी विद्यार्थीको हत्या

  POSTED ON : Wednesday, 11 June, 2025 | Views : 726

हमास बिरुद्वको कारवाहीको नाममा इजरायलद्वारा १६ हजार बढी विद्यार्थीको हत्या


एजेन्सी ।

इजरायलले प्यालेस्टिनी लडाकु समुह हमास बिरुद्वको कारवाहीको नाममा गाजामा जारी नरसंहारमा हालसममा १६ हजार भन्दा धेरै बिद्यार्थीको हत्या गरिसकेको पाइएको छ । 


प्यालेस्टाइनी शिक्षा मन्त्रालयले गाजापट्टी र वेस्ट बैंकमा इजरायली आक्रमण सुरु भएदेखि हजार ३८२ विद्यार्थी मारिनुका साथै २५ हजार ९५९ जना घाइते भएको जनाएको छ।


मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गरी घटनाको पुष्टि गरेको हो। मन्त्रालयले इजरायली आक्रमणमा ९१७ जना शिक्षक तथा प्रशासकहरू सहिद भएको तथा वेस्ट बैंकमा चार हजार ३४७ जना घाइते भएको र १९६ भन्दा बढीलाई इजरायली  सेनाले अपहरण गरी लगेको जनाएको छ।


गाजाका ४४३ वटा सरकारी विद्यालय, विश्वविद्यालय र तिनीहरूसँग सम्बद्ध भवनहरू तथा संयुक्त राष्ट्र राहत र कार्य एजेन्सी (युएनआरडब्लुए) सँग सम्बद्ध ९१ वटा विद्यालयहरूमा बम प्रहार गरी इजरायली सेनाले ध्वस्त पारेको उल्लेख गरिएको छ। 


वेस्ट बैंकमा १५२ वटा विद्यालय र आठवटा विश्वविद्यालयमा छापा मारेर तोडफोड गरिएको जनाइएको छ। जेरुसेलमका ६ वटा युएनआरडब्लुएसँग सम्बद्ध स्कुलमा मे ८ देखि इजरायली  सेनाले धम्की दिएर बन्द गराएको छ।


इजरायली सेनाले हालसम्म प्यालेस्टिनी लडाकु समुह हमास बिरुद्वको कारवाहीको नाममा करिब ६० हजार प्यालेस्टिनी गाजावासीको नरसंहार गरिसकेको छ ।

अन्तरराष्ट्रिय अदालतले समेत गाजामा इजरायलले युद्व अपराध गरेको ठहर गर्दा समेत अमेरिका, जर्मनी लगायत देशले साथ र सैन्य सहयोग गर्दै आएको छ ।