(Japan) 16 th April | 2026 | Thursday | 7:25:22 AM || (Nepal) 4:10:22 AM
 
 


इजरायली सेनाद्धारा ग्रेटा थनबर्ग सवार मानविय सहायता बोकेको डुङ्गा कब्जा

  POSTED ON : Monday, 09 June, 2025 | Views : 482

इजरायली सेनाद्धारा ग्रेटा थनबर्ग सवार मानविय सहायता बोकेको डुङ्गा कब्जा


टोकियो, जापान ।

इजरायली सेनाले स्विडेनी वातावरणीय कार्यकर्ता ग्रेटा थनबर्ग सहित एक दर्जन अधिकारवादीहरु बोकेको डुङ्गालाई गाजा पट्टी पुग्नबाट रोक्दै कब्जामा लिएको हो ।

मानव अधिकार संगठनद्वारा सञ्चालित उक्त डुङ्गालाई गाजा नजिकको अन्तर्राष्ट्रिय जल क्षेत्रबाट सेनाले जवर्जस्त कब्जामा लिएर ईजरायल पुर्याएको हो ।

उक्त ढुंगामा खाना, औषधि र अन्य सहायता सामग्री इजरायलले मानवसंहार मच्चाइरहेको गाजा क्षेत्रमा पुर्याउने लक्ष्य राखिएको थियो ।

इजरायलको विदेश मन्त्रालयले सहायता सामग्री बोकेको डुङ्गा कब्जामा लिएर उक्त डुंगा सुरक्षित रूपमा इजरायलको किनारमा पुगिरहेको र त्यसमा सवार यात्रुहरु आफ्नो देश फर्कने अपेक्षा गरिएको भन्दै उनिहरुको आलोचना गरेको छ ।

गाजाको पानी इजरायली सेनाले घेराबन्दीमा पारेको छ। रक्षामन्त्री इजरायल काट्जले डुङ्गालाई उक्त क्षेत्रमा पुग्नबाट रोक्न निर्देशन दिएका थिए ।

रोयटर्स समाचार एजेन्सीले मानव अधिकार संगठनलाई सामाजिक सञ्जाल पोस्टमा उद्धृत गर्दै भनेको छ ूडुङ्गा गाजाको किनारमा पुग्नुभन्दा पहिले नै राजि इजरायली सेनाले कब्जामा लिएको छ ।

आइतबार पनि गाजामा इजरायली सेनाले नरसंहार जारी राखेको छ । प्यालेस्टिनी मिडियाका अनुसार अमेरिका समर्थित सहायता वितरण केन्द्रहरू नजिक इजरायली सेनाले १३ जना सर्वसाधारणको गोलावारी र रकेट आक्रमण गरि हत्या गरेको छ ।

भोकमरी र सबै आवास ध्वस्त बनाएर घरबारहिनि बनाएका गाजावासीहरुसम्म राहत सामग्री पुर्याउन अवरोध गर्दै आएको इजरायलले दैनिक दर्जनौं गाजावासीको हत्या गर्दै आएको छ । हालसम्म करिव ६० हजार प्यालेस्टाइनी गाजावासीको इराजयली नरसंहारमा परि ज्यान गइसकेको छ ।