टोकियो, जापान ।
जापानका सरकारी अधिकारीहरुले उत्तर कोरियाले बिहिबार बिहान जापान सागर तर्फ कम्तिमा एउटा व्यालेस्टिक मिसाइल प्रहार गरेको पुष्टि गरेका छन् ।
जापानी सरकारी अधिकारीहरूले मिसाइल प्रहारबाट जापानलाई कुनै खतरा नभएको बताएका छन् ।
उत्तर कोरियाद्वारा सम्भावित ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार जापानको विशेष आर्थिक जल क्षेत्र बाहिर खसेको प्रारम्भिक रिपोर्ट जापानको रक्षा मन्त्रालयले जारी गरेको छ ।
दक्षिण कोरियाका ज्वाइन्ट चिफ्स अफ स्टाफले बिहीबार बिहान उत्तर कोरियाले समुद्रतर्फ कम्तीमा एउटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको बताएका छन् ।
उत्तरको क्षेप्यास्त्र प्रहार लगत्तै जापान सरकारले आपतकालीन प्रतिक्रिया टोलीको बैठक डाकेको थियो ।
सरकारले प्रधानमन्त्री कार्यालयको संकट व्यवस्थापन केन्द्रमा स्थापित प्रधानमन्त्री कार्यालय प्रतिक्रिया कक्षमा सम्बन्धित मन्त्रालय र निकायका अधिकारीहरू सम्मिलित आपतकालीन प्रतिक्रिया टोली बोलाएको र जानकारी सङ्कलन र क्षतिको मूल्याङ्कन गर्ने काम गरिरहेको जापानी समाचार संस्था एनएचकेले समाचार प्रकाशित गरेको छ ।