एजेन्सी ।
चीनसँग कर युद्ध लड्न बाँकी देशलाई लगाएको कर समेत फिर्ता लिएर मैदानमा उत्रिएका डोनाल्ड ट्रम्प आफैंले खनेको खाडलमा फस्दै जान थालेका छन् ।
चीनबाट आयात हुने सामानमा कर बढाउँदै ट्रम्पले १४५ प्रतिशत त पुर्याएका छन् तर यसको उल्टो असर अमेरिकी सेयर बजारमा परेको छ ।
बार्षिक रुपमा अमेरिकाले कर बढाएर उठाउने रकम भन्दा धेरै बिहिबार एकैदिन अमेरिकी सेयर बजारले आफ्नो मूल्य गुमाएको छ ।
अमेरिकी अधिकारीहरूले चीनसँगको व्यापार विवादको बारेमा स्पष्टीकरण जारी गर्दै बुधबार १२५ प्रतिशत थप कर लगाएको र यो संख्या १४५ प्रतिशत भएको बताएका छन् । चिनियाँ नेताहरूले आफ्नै कदम चालेर प्रतिक्रिया दिएका छन् ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले पदभार ग्रहण गरेलगत्तै चीनमाथि २० प्रतिशत थप कर थोपरेका थिए । तर चीन यतिसम्म सम्हालिएर जवाफ नदिइ बसेको थियो । तर पछिल्लो पटक एकसाथ ५४ प्रतिशत कर बढाएपछि भने चीन जवाफी कदममा उत्रिएको थियो ।
ट्रम्पले बिहीबार पत्रकारहरू उनी चिनियाँ राष्ट्रपति सी जिनपिङसँग सम्झौता कटौती गर्न खोजिरहेको र उनी ूदुबै देशका लागि धेरै राम्रो हुने कुरामा काम गर्न आशावादी रहेको बताएका छन् । तर चीनले वार्ताको ढोका खुल्ला रहेको त बताएको छ, तरपनि ट्रम्पसँग वार्ता गर्न हतार गर्दै अन्य देशहरुले जस्तो फोन कल वा विशेष दुत पठाएर भेट मागिराखेको छैन । आफुलाई भाउ नदिएकै कारण होला ट्रम्प चीन बिरुद्ध झन आक्रामण र उत्तेजित देखिएका छन्, तर आफुले हानेको बन्चरो आफ्नै खुट्टामा बजारिएको जस्तो अवस्था ट्रम्पलाई पर्न थालेको छ । त्यसैले उनले चीनसँग संवाद गर्न चाहेको भनेर आफैंले वार्ताको लागि अनुरोधात्मक अग्रसरता देखाउन थालेका छन् ।
चीनले यसअघि नै चीन व्यापार युद्ध चाहँदैन, तर यदि अमेरिका अडिग रहन्छ भने चीन अन्तिमसम्म लड्न तयार रहेको बारम्वार दोहोर्याएको छ ।
ट्रम्प प्रशासनको नयाँ भन्सार नीति अमेरिकी घरेलु उत्पादन र रोजगारी संरक्षणको नारा दिएर घोषणा गरिएको छ, तर विश्लेषकहरूका अनुसार यसले विश्वव्यापी आपूर्ति श्रृङ्खलामा थप तनाव ल्याउनेछ ।
चीनले पछिल्लो पटक अमेरिकी आयातमा थप ८४ प्रतिशत कर लगाएर जवाफी प्रहार गरिरहेको छ, जुन बिहीबारदेखि लागू भएको छ ।
चीन सरकारको फिल्म प्रशासनले चीनमा अनुमति दिने अमेरिकी चलचित्रहरूको संख्यामा कटौतीको घोषणा गरेको छ। यसले अन्य देशका चलचित्रहरू सहितको विश्वको दोस्रो ठूलो चलचित्र बजारको माग पूरा गर्ने सुझाव दिएको छ ।
पर्यटन मन्त्रालयले यात्रुहरूलाई अमेरिकाको यात्रामा पुनर्विचार गर्न पनि सल्लाह दिइरहेको छ । यसले चीनियाँ पर्यटकहरुको अमेरिका यात्रा घट्नेछ, सजले करोडौं डलर घाटा अमेरिकी पर्यटन क्षेत्रमा पार्नेछ ।
विश्व व्यापार संगठनका महानिर्देशक न्गोजी ओकोन्जो इवेलाले विश्वव्यापी व्यापारमा विवादको प्रभावको बारेमा चिन्ता व्यक्त गरेकी छिन् । उनले सबै सदस्यहरूलाई संवाद मार्फत सहयोग खोज्न आग्रह गरिन् र अमेरिका र चीन बीचको व्यापार ८० प्रतिशतसम्म घट्न सक्ने चेतावनी दिएकी छिन् ।
उनले विवादले विश्वलाई दुई छुट्टाछुट्टै व्यापारिक गुटमा विभाजित गर्न सक्ने र समग्र जीडीपी लगभग ७ प्रतिशतले घटाउन सक्ने भन्दै सचेत गराएकी छिन् ।