एजेन्सी ।
फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँले गाजा नरसंहारमा इजरायली कदमको बिरोध र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति व्यंग्य गर्दै प्यालेष्टाइनलाई मान्यता दिने बताएका छन् ।
प्यालेस्टाइनलाई मान्यता दिने योजना फ्रान्सले बनाइरहेको र जुनमा न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसंघको सम्मेलनमा यसको घोषणा गर्ने तयारी रहेको मिडिया च्यानलसँग कुरा गर्दै उनले बताएका छन् । ‘हामीले प्यालेस्टाइनलाई मान्यता दिने दिशामा अगाडि बढ्नु पर्छ र हामी आगामी महिनाहरूमा त्यसो गर्नेछौं । हाम्रो लक्ष्य साउदी अरेबसँग संयुक्त राष्ट्र सम्मेलनको अध्यक्षता गर्नु हो, जहाँ हामी कयौँ पक्षले सलाई मान्यता दिनेछौँ ।’ उनले भने, ‘म यसकारण पनि यो गर्नेछु किनभने हामीलाई लाग्छ कि यो गर्नु सही हुनेछ । प्यालेस्टाइनलाई मान्यता दिएर फ्रान्सले इजरायलको अस्तित्वलाई अस्वीकार गर्न सक्दैन । फ्रान्स लामो समयदेखि इजरायल–प्यालेस्टाइन द्वन्द्वमा दुई–राज्य समाधानको समर्थक रहँदै आएको छ । यद्यपि, यदि फ्रान्सले प्यालेस्टाइनलाई मान्यता दियो भने, यो एक ठुलो नीतिगत परिवर्तन हुनेछ र इजरायल रिसाउने जोखिम पनि छ ।’
लगभग १५० देशहरूले प्यालेस्टाइनलाई मान्यता दिएको छ । यसमा आयरल्याण्ड, नर्वे, स्पेन आदि रहेका छन् । इजरायलले २०२३ को अक्टोबर ७ यता गाजामा बमबारी गरेर ६० हजार भन्दा धेरै मानिसहरूको हत्या गरिसकेको छ । गत वर्षको जुनमा स्लोभेनियाले पनि प्यालेस्टाइनलाई मान्यता दिएको थियो ।
फ्रान्स युरोपेली संघको एक महत्त्वपूर्ण आणविक सम्पन्न देश हो । उसले प्यालेस्टाइनलाई मान्यता दियो भने यसको ठुलो प्रभाव युरोप भर पर्नेछ भने अमेरिका र इजरायलमाथि समेत प्रत्यक्ष दबाव बढ्ने । जहाँ गाजा नरसंहारमा हतियार र अन्य अनुदान सहयोग गर्दै अमेरिका, बेलायत, जर्मन लगायत देशले इजरायललाई साथ दिंदै आएका छन् ।
गत साता इजिप्ट भ्रमणको क्रममा म्याक्रोँले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रस्तावको कडा आलोचना गरेका थिए । ट्रम्पले गाजालाई मध्य पूर्वको रिभेरा बनाउने वाचा गरेका थिए । रिभेर फ्रान्स र इजाली बिचमा रहेको पर्यटकिय हाउजिगं क्षेत्र हो । ट्रम्पले त्यस्तै पर्यटकिय व्यापारिक क्षेत्र बनाउने बताएकोमा त्यसको बिरोध गर्दै म्याक्रोनले गाजा पट्टी कुनै घर जग्गा परियोजना नभएको भन्दै ट्रम्पको अभिव्यक्तिको बिरोध गर्दै व्यङ्ग्य गरेका छन् ।