(Japan) 22 nd April | 2026 | Wednesday | 5:37:10 PM || (Nepal) 2:22:10 PM
 
 


दक्षिण कोरियामा राष्ट्रपति चुनाव जुन ३ मा हुने

  POSTED ON : Tuesday, 08 April, 2025 | Views : 1000

दक्षिण कोरियामा राष्ट्रपति चुनाव जुन ३ मा हुने


एजेन्सी ।

पूर्व राष्ट्रपति युन सुक योललाई महाअभियोग लगाएर पदबाट हटाइएपछि दक्षिण कोरियाली सरकारले आधिकारिक रूपमा जुन ३ मा देशको राष्ट्रपति चुनाव गर्ने निर्णय गरेको छ ।

मंगलबार मन्त्रिपरिषद्को बैठकमा मिति तय गरिएको हो । डिसेम्बरमा योलले असफल अल्पकालीन मार्शल ल घोषणा गरेपछि संवैधानिक अदालतले युनको महाभियोगलाई समर्थन गरेको चार दिनपछि नयाँ राष्ट्रपतिय चुनाव मिति घोषणा गरिएको हो ।

राष्ट्रपति चुनाव मूल रूपमा मार्च २०२७ मा हुने तय गरिएको थियो । राजनीतिक दलहरूले अब आफ्ना राष्ट्रपतिय उम्मेद्वार छनौटलाई तिब्र बनाउनेछन् ।

डेमोक्र्याटिक पार्टीका नेता ली जे म्युङ सबैभन्दा ठूलो विपक्षी दलको लागि उम्मेदवार हुने अपेक्षा गरिएको छ ।

दक्षिण कोरियाको योनहाप समाचार एजेन्सीले शीर्ष पार्टी पदबाट राजीनामा दिएपछि लीले औपचारिक रूपमा आफ्नो उम्मेदवारी घोषणा गर्ने सम्भावना रहेको बताएको छ ।

सत्तारुढ पिपुल पावर पार्टीले पनि उम्मेदवार छनौट गर्ने तयारी गरिरहेको छ ।