(Japan) 18 th April | 2026 | Saturday | 6:02:44 PM || (Nepal) 2:47:44 PM
 
 


दक्षिण कोरियाका राष्ट्रपति यून माथिको महाभियोग संवैधानिक अदालतद्वारा सदर, ६० दिन भित्र नयाँ राष्ट्रपती चुनाव

  POSTED ON : Friday, 04 April, 2025 | Views : 830

दक्षिण कोरियाका राष्ट्रपति यून माथिको महाभियोग संवैधानिक अदालतद्वारा सदर, ६० दिन भित्र नयाँ राष्ट्रपती चुनाव


एजेन्सी । 

दक्षिण कोरियाको संवैधानिक अदालतले राष्ट्रपति यून सुक यउलको महाभियोगलाई सदर गरेको छ।


गत डिसेम्बरमा यूनले असफल सैनिक शासन 'मार्शल ल' घोषणा गरेपछि देशमा राजनीतिक उथलपुथल निम्त्याएको थियो।

ज्यानुअरीमा त्यहाँको संसद्‌ले उनलाई महाभियोग लगाउने पक्षमा मतदान गर्दा उनी पहिलो पटक निलम्बनमा परेका थिए।


यस फैसला आउनुअघि यूनका समर्थक र विपक्षीहरू सडकमा उत्रिएका थिए। 


दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति हान डक-सोले सार्वजनिक सुरक्षा व्यवस्था कायम राख्न आपत्कालीन अवस्था जारी गरेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

महाभियोगपछि अब त्यहाँ ६० दिनमा चुनाव हुनु पर्छ।

युनमाथि राजद्रोहको छुट्टै आरोप पनि लागेको छ जसबारे छुट्टै सुनुवाइ हुने छ।