(Japan) 18 th April | 2026 | Saturday | 6:02:43 PM || (Nepal) 2:47:43 PM
 
 


गाजा नरसंहारमा इजरेलको साथ दिंदै हंगेरिद्धारा अन्तर्राष्ट्रिय फौजदारी अदालतबाट बाहिरिने घोषणा

  POSTED ON : Friday, 04 April, 2025 | Views : 826

गाजा नरसंहारमा इजरेलको साथ दिंदै हंगेरिद्धारा अन्तर्राष्ट्रिय फौजदारी अदालतबाट बाहिरिने घोषणा


एजेन्सी ।

गाजामा करिव ६० हजार प्यालेस्टाइनी गाजा वासीको नरसंहारमा अपराधी दोसी ठहर इजरायल र त्यहाँका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई समर्थन जनाउँदै युरोपियन देश हङ्गेरीले अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) बाट बाहिरिने घोषणा गरेको छ ।

आईसीसीको गिरफ्तारी पुर्जीअन्तर्गत युद्ध अपराधीमा खोजी गरिएका इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु हङ्गेरी राज्य भ्रमणका लागि आइपुगेको केही घण्टापछि प्रधानमन्त्री भिक्टर ओर्बनको सरकारका एक वरिष्ठ अधिकारीले यो कदमको घोषणा गरेका हुन् ।

गएको नोभेम्बरमा गिरफ्तारी पुर्जी जारी हुनेबित्तिकै हङ्गेरीका प्रधानमन्त्री ओर्बानले यो फैसलाले आफ्नो देशमा कुनै प्रभाव नपार्ने भन्दै नेतान्याहुलाई निमन्त्रणा गरेका थिए ।

गएको नोभेम्बरमा आईसीसीका न्यायाधीशहरूले इजरायल र हमासबीचको युद्धको क्रममा युद्ध अपराध र मानवताविरुद्धको अपराधका लागि नेतान्याहुले ‘आपराधिक जिम्मेवारी’ वहन गर्ने ‘उचित आधार’ रहेको बताएका थिए । नेतान्याहुले आईसीसीको निर्णयलाई ‘यहुदी विरोधी’ भनेर निन्दा गरेका छन् ।

अन्तर्राष्ट्रिय अदालत आईसीसीलाई नरसंहार, मानवताविरुद्धको अपराध र युद्ध अपराधका आरोपीहरूलाई मुद्दा चलाउने अधिकार छ । हङ्गेरी आईसीसीको संस्थापक सदस्य हो । आईसीसीमा एक सय २५ सदस्य राष्ट्र छन् र हङ्गेरी यसबाट बाहिरिने पहिलो युरोपेली सङ्घ राष्ट्र हुनेछ ।

रोम विधानको धारा १२७ अनुसार हङ्गेरीले अब संयुक्त राष्ट्रसङ्घका महासचिवलाई सन्धि त्याग्न लिखित सूचना पठाउनुपर्ने र एक वर्षपछि फिर्ता हुने प्रक्रिया लागू हुने खबरमा उल्लेख छ ।