(Japan) 18 th April | 2026 | Saturday | 5:48:48 PM || (Nepal) 2:33:48 PM
 
 


गाजामा रोकिएन इजरायली नरसंहार : विद्यालयमा आक्रमण, २७ जनाको मृत्यु

  POSTED ON : Friday, 04 April, 2025 | Views : 702

गाजामा रोकिएन इजरायली नरसंहार : विद्यालयमा आक्रमण, २७ जनाको मृत्यु


एजेन्सी ।

अमेरिका, बेलायत, जर्मनी, हंगेरी लगायत देशबाट आम नरसंहारका बावजुद साथ र सहयोग पाइरहेको इजरायलले प्यालेस्टाइन गाजा क्षेत्रमा नरसंहारलाई जारी राखेको छ ।

पछिल्लो दुई सातामा करिव १ हजार प्यालेस्टाइनीको आम नरसंहार गरेको इजरायली सेनाले उत्तरी गाजामा रहेको एक विद्यालयमा हवाई आक्रमण गरि महिला र बालबालिकासहित २७ जना प्यालेस्टिनीको ज्यान लिएको छ ।

तुफाह जिल्लामा रहेको दार अल–अरकाम विद्यालयमा आक्रमण हुँदा अरु २४ जनाभन्दा धेरै घाइते भएका बीबीसीले जनाएको छ ।

आक्रमण भएको विद्यालयमा विस्थापित परिवारहरूको आश्रयस्थल रहेको विद्रोही समूह हमासले सञ्चालन गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

इजरायली सेनाले विद्यालयलाई लक्षित नगरेको भन्दै हमासको निर्देशनमा सञ्चालित प्रमुख विद्रोहीहरुलाई आक्रमण गरेको दाबी गरेको छ ।

निहस्था सर्वसाधारणको सामुहिक हत्यापछि यसअघिका घटनामा जस्तै इजरायली सेना एसडिएफले आक्रमण गरिएको ठाउँमा हमास लडाकूहरूले इजरायली नागरिक र सेनाहरूविरुद्ध आक्रमणको योजना बनाउन प्रयोग गरिरहेको दाबी गरेको छ । तर त्यसको कुनै प्रमाण पेश भने गरेको छैन ।

हमासको स्वास्थ्य मन्त्रालयले २४ घण्टामा इजरायली आक्रमणमा थप ९७ जनाको ज्यान गएको बताएको छ ।

इजरायलले प्यालेस्टिनी क्षेत्रको ठूलो भाग नियन्त्रण गर्न लगातार आक्रमण गरिरहेको छ ।