एजेन्सी ।
शुक्रबार म्यानमारमा आएको शक्तिशाली भूकम्पको मानवीय क्षतिको बारेमा जानकारी बिस्तारै बाहिर आउने क्रममा मृतकको संख्या निरन्तर बढेको छ ।
भूकम्पमा परि आइतबार मध्यान्हसम्ममा निधन हुनेको संख्या १७ सय पार भएको जुन्ता सरकारले बताएको छ । भूकम्पबाट यहाँको प्राचीन शहर मन्डले सबैभन्दा बढि मारमा परेको छ । भूकम्पको केन्द्रबिन्दु नजिकै अवस्थित, मन्डले देशको दोस्रो सबैभन्दा बढी जनसंख्या भएको शहर हो ।
स्थानीय समय अनुसार शनिबार मध्यरातसम्ममा राज्य सञ्चालित मिडियाले मृत्यु हुनेको संख्या १,६४४ पुगेको बताएको थियो यो संख्या बढेर आइतबार बिहान १७ सय नाघेको हो ।
हालसम्म ३,४०८ भन्दा बढी घाइते भएको रिपोर्ट सार्वजनिक भएको छ । मृतकमध्ये लगभग ७०० र घाइतेहरू १,६०० भन्दा बढी मन्डलेका हुन् ।
यसैबिच भूकम्पमा परि छिमेकी देश थाइल्याण्डमा मृतकको संख्या १७ पुगेको छ । अझै निर्माणाधिन एउटै भवन भित्र करिव ८३ जना बेपत्ता रहेको बताइएको छ ।