(Japan) 25 th May | 2026 | Monday | 8:01:22 AM || (Nepal) 4:46:22 AM
 
 


रूसी सेनाको घेराबन्दिमा परेका हजारौँ युक्रेनी सेनालाई आत्मसमर्पण गर्न पुटिनको निर्देशन

  POSTED ON : Sunday, 16 March, 2025 | Views : 1602

रूसी सेनाको घेराबन्दिमा परेका हजारौँ युक्रेनी सेनालाई आत्मसमर्पण गर्न पुटिनको निर्देशन


एजेन्सी ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी नेताले युद्धविरामको पहललाई बिथोल्न खोजेको आरोप लगाएपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कुर्स्क (रूसी भू-भाग)मा रहेका युक्रेनी सेनालाई आत्मसमर्पण गर्न निर्देशन दिएका छन् ।


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने युक्रेनी सेनाको जीवन रक्षा गर्न पुटिनलाई आग्रह गर्दै आफ्ना राजदूतले प्रस्तावित ३०दिने युद्धविरामबारे रुसका नेतासँग ‘फलदायी’ वार्ता गरेको जनाएका छन् ।


गत अगष्टमा युक्रेनले कब्जा गरेको अधिकांश भूभाग पुनः कब्जा गर्दै रुसले विगत एक हप्तादेखि कुर्स्कको पश्चिमी सीमा क्षेत्रमा तीव्र प्रतिकार गरेको छ ।


कुर्स्कमा भएको हार युक्रेनको तीन वर्ष लामो युद्धका लागि शान्ति वार्तामा महत्त्वपूर्ण ‘बार्गेनिङ’को रूपमा यस क्षेत्रमा आफ्नो पकड प्रयोग गर्ने योजना तुहिएको छ ।


रुसी टेलिभिजनमा प्रशारण भएको सम्बोधनमा पुटिनले भनेका छन्, ‘हामी अमेरिकी राष्ट्रपति ट्रम्पको आह्वानप्रति सहानुभूति राख्छौँ । यदि युक्रेनी सेनाले हतियार त्यागेर आत्मसमर्पण गरे भने उनीहरूलाई जीवन र सम्मानजनक व्यवहारको प्रत्याभूति हुनेछ ।’


ट्रम्पले युक्रेनका हजारौँ सैनिकलाई रुसी सेनाले पूर्णरुपमा घेरेको र निकै खराब र कमजोर अवस्थामा रहेको बताएका थिए । 


यसै सन्दर्भमा ट्रम्पले भनेका छन्, ‘मैले राष्ट्रपति पुटिनलाई उनीहरु (रूसी जमिनमा रहेका युक्रेनी सेना)को जीवन रक्षा गर्न जोडदार अनुरोध गरेको छु । यदि, रूसले त्यहाँ उनीहरूविरूद्ध आक्रमण गरेमा यो एक भयानक नरसंहार हुनेछ, जुन दोस्रो विश्वयुद्धपछि कहिल्यै देखिएको थिएन ।’


अन्तर्राष्ट्रिय समाचार सस्थाहरुका अनुसार बेलायत, जर्मनी सहित अमेरिकाले उपलब्ध गराएको अहिलेसम्मकै ठुलो पारीमाणको हतियार सहितको करिव ५ हजार युक्रेनी सैनिक कुर्स्क क्षेत्रमा हाल रुसी सेनाको घेराबन्दिमा परेका छन ।


युक्रेनी र रुसी क्षेत्रबाट घेराबन्दिमा राखेको युक्रेनी सेनामाथि कुनैपनि समय रुसी सेनाले घातक बमबारी गरेमा एकसाथ हजारौको ज्यान जानसक्ने छ । घेराबन्दिमा परेपछि  रुसी सेनाको प्रत्याक्रमणमा नउत्रेपनि आत्मसमर्पण नगरेका युक्रेनी सेनाले आफुहरुलाई त्यहाँबाट युक्रेन फर्कन बाटो दिन माग गर्न चाहेको बताइन्छ । तर आत्मसमर्पण नगरेमा रुसी सेनाले क्याम्प नै खडा गरेर रुसी भाग कुर्स्कमा बसेका युक्रेनी सेनामाथि कुनैपनि बेला सैन्य आक्रमण गर्ने सम्भावना छ ।