प्यालेस्टाइनी ल'डाकु समुह हमासले गाजा यु'द्ध सुरु भएदेखि इजरायलमा व्याप्त अग्निपरीक्षाको प्रतीक बनेका बिबास परिवार सहित चार जना इजरायली ब'न्धकको शव बिहीबार हस्तान्तरण गरेको छ ।
सन् २०२३ अक्टोबर ७ मा इजरायलमाथि भएको आ'क्रमणपछि हमासले पहिलो पटक श'व हस्तान्तरण गरेको हो । यो काम हमास र इजरायली पक्षबीच जनवरी १५ मा सहमति गरिएको र जनवरी १९ मा कार्यान्वयनमा आएको यु'द्धविराम सम्झौता अन्तर्गत हो । बदलामा इजरायलले बिना कसुर प'क्राउ गरेर जे'लमा राखेका प्यालेस्टिनी ब'न्दी छाड्ने छ ।
दुई छोराहरू केफिर र एरियलसहित शिरी बिबास तथा ओडेद लिफशिट्जको हमासको नियन्त्रणमा रहेको समयमा इजरायली सेनाले प्रहार गरेको रेकट आक्रमणमा परि ज्यान गएको हमासले जनाएको छ । श'व फिर्ता दक्षिणी गाजा शहर खान युनिसबाट भएको हो ।
इजरायली सेनाले ‘बन्धकहरूको श'व’ आफू र गाजास्थित शिन बेट आन्तरिक सुरक्षा एजेन्सीलाई हस्तान्तरण गरिएको बताएको छ ।
यु'द्धविरामको पहिलो चरणअन्तर्गत अहिलेसम्म एक हजार १०० भन्दा बढी प्यालेस्टिनी कै'दीहरूको बदलामा १९ जना इजरायली ब'न्धकलाई ल'डाकूहरूले रेड क्रसमार्फत् इजरायललाई हस्तान्तरण गरेका छन्।
पहिलो चरणअन्तर्गत रिहा हुन योग्य गाजाका बाँकी १४ बन्धकमध्ये आठ जनाको मृ'त्यु भइसकेको इजरायलले जनाएको छ ।
हमासको आक्रमण र बन्धक बनाइएका घटनासँगै बिबास परिवारका सदस्यहरू इजरायलका लागि चरम निराशाको राष्ट्रिय प्रतीक बनेको थियो ।
हमासले इजरायली हवाई आक्रमणले यु'द्धको सुरुमा नै उनीहरूको मृ'त्यु भएको बताएपछि विदेशमा उनीहरूको मृ'त्युलाई तथ्यको रूपमा स्वीकार गरिएको छ ।
इजरायली अभियान समूह ‘द होस्टेज एण्ड मिसिङ फेमिलीज फोरम’ले बिबास परिवारका तीन सदस्यको मृ'त्युभएको खबरले आफूलाई स्त'ब्ध बनाएको बताएको छ ।
इजरायली नरसंहारमा परेर हालसम्म गाजा क्षेत्रमा ६१ हजार भन्दा धेरैको ज्यान गएको छ । मा'रिने मध्ये अधिकाशं बालबालिका र महिला सहित निर्दोस सर्वसाधारण रहेका छन् । अहिले पनि प्यालेस्टाइन क्षेत्रमा यु'द्धबिराम सम्झौता उल्लंघन गर्दै इजरायली सेनाले दैनिक कयौंको ह'त्या र भौतिक संरचना ध्व'स्त बनाउने काम रोकेको छैन । अन्तर्राष्ट्रिय फौ'जदारी अप'राधको अदालतले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई गाजा न'रसं'हारमा दो'षी अप'राधी करार गरी प'क्राउ पूर्जी जारी गरेपनि अमेरिकी साथ र पश्चिमा देशहरुको सहयोगले इजरायलले गाजामाथि यु'द्ध अ'पराध जारी राखेको छ ।