(Japan) 27 th July | 2026 | Monday | 8:07:49 AM || (Nepal) 4:52:49 AM
 
 

मस्कोमा आणविक क्षेत्रका जनरलसहित दुई जनाको बम बिस्फोटमा हत्या, युक्रेनले लियो जिम्मा

  POSTED ON : Wednesday, 18 December, 2024 | Views : 1372

मस्कोमा आणविक क्षेत्रका जनरलसहित दुई जनाको बम बिस्फोटमा हत्या, युक्रेनले लियो जिम्मा


एजेन्सी ।

रुसको राजधानी मस्कोमा भएको विस्फोटमा रुसी सेनाका जनरल तहका एक सैन्य अधिकारीसहित दुई जनाको ज्यान गएको छ ।


विस्फोटमा रुसको विकिरण, रासायनिक तथा जैविक संरक्षण सेनाका प्रमुख लेफ्टिनेन्ट जनरल इगोर किरिलोभ र उहाँका सहकर्मीको ज्यान गएको अलजजिराले जनाएको छ । रुसी अनुसन्धान समितिका प्रवक्ता स्वेतलाना पेट्रेन्कोले विद्युतीय स्कुटरमा राखिएको उपकरण पड्किएको बताएका छन ।


अक्टोबरमा बेलायतले युक्रेनविरुद्धको युद्धमा रासायनिक हतियारको प्रयोगलाई बेवास्ता गरेको भन्दै जनरल किरिलोभमाथि प्रतिबन्ध लगाएको थियो ।


यसैबीच युक्रेनले रुसी सेनाका जनरल इगोर किरिलोभाको हत्या गरेको दाबी गरेको छ । युक्रेनी सञ्चारमाध्यमले पनि लेफ्टिनेन्ट जनरल किरिलोभलाई युक्रेनी सुरक्षा सेवाले मारेको जानकारी दिएका खबरमा उल्लेख छ ।


रुसले किरिलोभको हत्यालाई ‘आतङ्कवादी कार्य’ भनेर टिप्पणी गरेको छ । रुसी अधिकारीहरूले किरिलोभको हत्याका लागि पश्चिमा देशलाई दोष दिएका छन् ।

युक्रेनलाई युरोपियन देशहरु र अमेरिकाले हतियार र आर्थिक सहयोग गर्दै आएका छन ।