(Japan) 22 nd September | 2026 | Tuesday | 4:50:19 PM || (Nepal) 1:35:19 PM
 
 


फ्रान्सको मायोटेमा आँधीमा परि करिव एक हजार मानिसको मृत्युको आशंका

  POSTED ON : Monday, 16 December, 2024 | Views : 1516

फ्रान्सको मायोटेमा आँधीमा परि करिव एक हजार मानिसको मृत्युको आशंका


एजेन्सी ।

फ्रान्सको हिन्द महासागरमा रहेको मेयोट नामक चक्रवात चिडोले झण्डै १ हजार मानिसको ज्यान गएको आइल्याण्डका उच्च अधिकारीले बताएका छन् ।

आँधीमा फसेकाहरुको खोजी कार्य जारी रहेको छ । मृत्यु हुनेको संख्या हजारौं पुग्न सक्ने अनुमान गरिएको छ ।

तीव्र हावाको गतिसँगै आएको आँधीका कारण सम्पूर्ण बस्तीहरू नहसनहस भएका छन् ।

करिव ३ लाख २० हजार जनसंख्या रहेको सो क्षेत्रमा विशेष गरी अस्थायी बसोबास गर्ने निम्न वर्गका मानिसहरु रहने गरेका छन् । आँधी प्रभावितहरुका लागि उद्धार र राहत सामग्री वितरण कार्य तीव्र गतिमा भइरहेको बताइएको छ ।

मेयोटेको राजधानी मामुदजोउका मेयर अम्बादिल सौमाइलाले आँधीले २ सय बढी गम्भीर घाइते भएको जनाउँदै हराइरहेकाहरुको उद्धारका लागि कुनै कसर बाँकी नराख्ने बताएका छन् ।

मौसमविद् मेटियो फ्रान्सले यो टापुहरूमा ९० वर्षभन्दा बढी समयको सबैभन्दा शक्तिशाली आँधी भएको बताएको छ ।

प्रतिघण्टा २ सय २६ किलोमिटरको दरले आएको आँधी अझै केही दिन रहने अनुमान गरिएको छ ।

१३६ माइल प्रतिघण्टा भन्दा बढिको हावाले मेयोटमा घरको छाना उडाएको छ भने भवनहरु ध्वस्त भएका तस्विरहरु सार्वजनिक भएका छन् ।

त्यहाँका बासिन्दाहरूले धेरै रूखहरू समेत आँधीले उखेलिएको र डुङ्गाहरू पल्टिएको वा डुबेको बताएका छन् ।

मुख्य एयरपोर्ट र अस्पतालमा पनि ठूलो क्षति पुगेको फ्रान्सेली प्रधानमन्त्री फ्रान्कोइस बायरोले बताए ।

उनलेसुकुम्बासी क्षेत्रहरूमा असुरक्षित झुपडीहरूमा बस्ने धेरै मानिसहरूले धेरै गम्भीर जोखिमको सामना गरेको बताएका छन्।

मेयोटको एउटा अस्पतालले नौ जनाको अवस्था गम्भीर रहेको र अन्य २४६ जना घाइते भएको जानकारी दिएको छ ।

तर फ्रान्सको गृह मन्त्रालयले मृतक र घाइतेहरूको सटीक संख्या प्राप्त गर्न गाह्रो भएको बताएको छ । यद्यपि आन्तरिक मन्त्री ब्रुनो रिटेललेउले मारिएकाको संख्या 'उच्च' हुने डर व्यक्त गरेका छन् ।