(Japan) 22 nd September | 2026 | Tuesday | 4:49:29 PM || (Nepal) 1:34:29 PM
 
 


गाजामा इजरायली नरसंहार रोकिएन, गाजामा मेयरसहित २२ जनाको हत्या

  POSTED ON : Sunday, 15 December, 2024 | Views : 1042

गाजामा इजरायली नरसंहार रोकिएन, गाजामा मेयरसहित २२ जनाको हत्या


एजेन्सी ।

४४ हजार भन्दा धेरैको ज्यान लिइसकेको इजरायलले प्यालेस्टाइन गाजा क्षेत्रमा नरसंहार जारी राखेको छ ।

इजरायलले गाजामा गरेको पछिल्लो रेकट आक्रमणमा दीर अल बलाह शहरका मेयरसहित २२ जनाको ज्यान गएको छ । अघिल्लो दिन मात्र इजरायलले एक अस्पतालका चिकित्सक सहित कयौंको ज्यान लिएको थियो ।

पछिल्लो हवाई आक्रमणमा कम्तीमा २२ जनाको ज्यान गएको इजरायली डिफेन्स फोर्स (आईडीएफ) र हमास दुवैले पुष्टि गरेको बीबीसीले जनाएको छ । दीर अल बलाह शहरमा मात्रै १३ जनाको ज्यान गएको छ ।

यस्तै एउटा विद्यालयमा आक्रमण गरि इजरायली सेनाले एक शिशु र शिशुकी आमासहित सात जनाको हत्या गरेको हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

गएको वर्ष अक्टोबरमा हमासले इजरायलमा आक्रमण गर्दा एक हजार दुई जनाको ज्यान गएको थियो ।

तर त्यसपछि इजरायलले गाजामा शुरू गरेको नरसंहारमा परि हालसम्म झण्डै ४५ हजार नागरिक मारिएका छन् । मारिने मध्ये करिव २० हजार निहत्था बालबालिका, १५ हजार महिला सहित अधिकाशं सर्वसाधारण नागरिक रहेका छन् । झण्डै १०० पत्रकारको समेत इजरायली सेनाले गाजामा हत्या गरिसकेको छ ।

इजरायली नरसंहारलाई अमेरिकाले साथ र सहयोग गर्दै आएको छ भने गाजामा युद्धबिराम गराउन राष्ट्रसंघले गरेको प्रयासमा अवरोध गर्दै आएको छ ।