(Japan) 22 nd September | 2026 | Tuesday | 4:49:29 PM || (Nepal) 1:34:29 PM
 
 


'उत्तर कोरियाली सेना रुसी सेनासँगै युक्रेन बिरुद्ध युद्ध मैदानमा उत्रिए'

  POSTED ON : Sunday, 15 December, 2024 | Views : 1224

'उत्तर कोरियाली सेना रुसी सेनासँगै युक्रेन बिरुद्ध युद्ध मैदानमा उत्रिए'


एजेन्सी ।

युक्रेनी सेनालेरुसले पश्चिमी रूसी क्षेत्र कुर्स्कमा युक्रेनी सेना बिरुद्धको आक्रमणमा उत्तर कोरियाली सैनिकहरू युद्ध मैदानमा खटाउन थालेको जनाएको छ । जहाँ युक्रेनी सैन्य बलहरूले सीमापार गरेर रुसी भूमिमा आक्रमण गरेर केहि क्षेत्रमा कब्जा जमाएका छन् ।

युक्रेनको सशस्त्र बलका जनरल स्टाफले शनिबार यस बारेमा खुलासा गरेका हुन् । रूसी र उत्तर कोरियाली पक्षमा अनुमानित २०० सैनिकहरु सो क्षेत्रको युद्धमा मारिएको दाबी युक्रेनी सेनाको छ । तर उले आफ्नो हताहतीको कुनै विवरण खुलाएको छैन । यद्यपी युक्रेनी दाबीको कुनै पुष्टि हुने आधार भेटिएको छैन भने रुस वा उत्तर कोरियाले केहि टिप्पणी गरेको छैन ।

लगभग ११ हजार उत्तर कोरियाली सैनिक कुर्स्कमा तैनाथ रहेको र तिनिहरु युक्रनेसँगको विभिन्न युद्ध गतिविधिमा संलग्न रहेको युक्रेनी दाबी छ ।

युक्रेनी जनरल स्टाफले उत्तर कोरियाली सेनाहरू रसियाको एयरबोर्न युनिट र अन्य सेनाहरूको भागको रूपमा युद्धमा सामेल भइरहेको बताएका छन् । युक्रेनको सेनाले प्रतिक्रिया दिन ड्रोन र अन्य साधन प्रयोग गरिरहेको बताइएको छ।

युक्रेनी जनरल स्टाफले पनि भाषा अवरोध कमाण्ड, नियन्त्रण र समन्वयमा कठिन बाधा रहेको बताएको छ ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शनिबार सामाजिक सञ्जालमा पोस्ट गरिएको भिडियोमा युक्रेनसँग पहिले नै रुसीहरूले आफ्नो आक्रमणमा उत्तर कोरियाली सैनिकहरू प्रयोग गर्न थालेको तथ्यांक रहेको दाबी गरेका छन् तर कुनै संख्या भने खुलाउन सकेका छैनन् ।