(Japan) 22 nd September | 2026 | Tuesday | 4:53:33 PM || (Nepal) 1:38:33 PM
 
 


दक्षिण कोरियाली राष्ट्रपति महाअभियोगबाट हट्दै

  POSTED ON : Saturday, 14 December, 2024 | Views : 986

दक्षिण कोरियाली राष्ट्रपति महाअभियोगबाट हट्दै


टोकियो, जापान ।

गत हप्ता मार्शल ल लागू गर्ने विवादास्पद निर्णय गरेका दक्षिण कोरियाली राष्ट्रपति युन सुक येओल महाअभियोगबाट हट्ने लगभग निश्चित देखिएको छ । उनको सत्ताधारी दलका कयौं सांसदहरुले महाअभियोग प्रस्तावको पक्षमा मतदान गर्ने निश्चित भएपछि उनि अपराह्न ४ बजेवपछ हसनृ महाअभियोग प्रस्तावबाट अपदस्त हुने भएका छन् ।

महाअभियोग प्रयासमा एकजुट भएका विपक्षी दलहरूले हाल महाभियोगका लागि आवश्यक पर्ने २०० मतमध्ये १९२ मत निश्चित गरेका छन् । थप रूपमा, यूनको सत्तारूढ पीपुल पावर पार्टीका सात सांसदहरूले महाभियोगलाई समर्थन गर्ने घोषणा गरेका छन् । यस प्रस्तावको समर्थनमा सार्वजनिक रूपमा सांसदहरूको संख्या ल्याएर यसलाई पारित गर्न आवश्यक मत मध्ये अब केवल १ मत अपुग रहेको छ ।

डिसेम्बर ७ मा पहिलो महाभियोग प्रस्ताव सत्तारुढ दलका सांसदहरूले मतदान बहिष्कार गरेपछि असफल भएको थियो ।

युनलाई पदबाट हटाउनका लागि मतदान गर्न सांसदहरूलाई दबाब दिन प्रदर्शनकारीहरू राष्ट्रिय सभा नजिक भेला हुन थालेपछि, पीपीपी फ्लोर नेता क्वोन सेओङ डोङले उनको पार्टीले आजको मतदान बहिष्कार गर्ने सम्भावना नरहेको बताएका छन् ।

युनले राष्ट्रिय राजनीतिलाई पक्षाघात भएको र संवैधानिक सरकारको व्यवस्थाको रक्षा गर्ने भन्दै मार्शल लको घोषणा गरेका थिए । उनले आगामी आर्थिक वर्षको बजेटमा विपक्षी दलले सहमति नदिएको भन्दै आक्रोस पोख्दै आएका थिए ।

घोषणापत्रमा राजनीतिक गतिविधिमा प्रतिबन्ध र मिडियामाथिको नियन्त्रण जस्ता प्रतिबन्धहरू समावेश गरिएको थियो र सेनालाई राष्ट्रिय सभा भवनमा प्रवेश गर्न लगाइएको थियो ।

त्यसको लगत्तै, डिसेम्बर ४ तारिख बिहानै सभाका सांसदहरूले पूर्ण बैठक बसेर मार्सल ल हटाउन आह्वान गर्ने प्रस्ताव पारित गरेका थिए ।

बिहान साँढे ४ बजे, राष्ट्रपति यूनले मन्त्रिपरिषद् बैठक मार्फत मार्शल ल हटाउने घोषणा गरेका थिए । मार्सल ल घोषणाको छ घण्टा पछि हटाइएको थियो ।

सोही दिन सबैभन्दा ठूलो विपक्षी डेमोक्रेटिक पार्टी र पाँच विपक्षी दलले राष्ट्रपति युनविरुद्ध महाभियोग प्रस्ताव पेस गरेका थिए । संसदमा डिपीको बहुमत रहेको छ ।

डिसेम्बर ७ मा राष्ट्रपति यूनले एक भिडियो सन्देश मार्फत मार्सल ल घोषणा गरेकोमा माफी माग्दै पुन र्मासल ल नलगाउने बाचा गरेका थिए ।

त्यसपछि भएको महाभियोग प्रस्तावमा भएको मतदानमा सत्तारुढ दलका अधिकांश सदस्यहरूले सदन छाडेर विधेयक असफल हुन पुगेको थियो । विपक्षी दलहरूले राष्ट्रपति युन र उनका नजिकका सहयोगीहरूलाई विद्रोह र अन्य अपराधको आरोप लगाउँदै आएका छन् ।

मंगलबार राति पूर्व रक्षामन्त्री किम योङ ह्युनलाई विद्रोह र अन्य आरोपमा पक्राउ गरिएको थियो । युनको मार्शल ल घोषणामा उच्च प्रशासनिक अधिकारी पक्राउ परेको यो पहिलो पटक हो ।

बिहीबार, युनले घोषणाको औचित्य दाबी गर्दै करिब ३० मिनेट लामो वक्तव्य जारी गरेका थिए । उनले कुनै पनि महाभियोग वा अनुसन्धानको सामना गर्ने बताएका थिए ।

विपक्षी दलहरूले उनको भाषणको कडा आलोचना गरे, र त्यो साँझ उनलाई महाभियोग लगाउन अर्को प्रस्ताव पेश गरिएको थियो ।