(Japan) 22 nd September | 2026 | Tuesday | 4:52:48 PM || (Nepal) 1:37:48 PM
 
 


इजरायलको निन्दा गर्दै टर्की, इजिप्ट, कतार, साउदीलगायत देशद्वारा असद पतनको फाइदा नउठाउन चेतावनी

  POSTED ON : Wednesday, 11 December, 2024 | Views : 1042

इजरायलको निन्दा गर्दै टर्की, इजिप्ट, कतार, साउदीलगायत देशद्वारा असद पतनको फाइदा नउठाउन चेतावनी


एजेन्सी । 

इजरायलले सिरियामा बमबारी र सिमा क्षेत्रको सिरियाली भूमि कब्जामा लिन थालेपछि टर्की, इजिप्ट, कतार, साउदीलगायत देशले असद पतनको फाइदा नउठाउन इजरायललाई चेतावनी दिएका छन । 


इस्लामिक विद्रोहीहरुले अन्तरिम प्रधानमन्त्री नियुक्त गरेसँगै मध्यपूर्वका अन्य देशहरुले इजरायलबारे गम्भीर टिप्पणी गरेका हुन । उनीहरुले इजरायल बशर अल असद शासन पतनको फाइदा उठाइरहेको भन्दै निन्दा गरेका छन । यसरी निन्दा गर्नेमा टर्की, इजिप्ट, कतार, साउदीसहितका देशहरु सामेल छन् । 


विद्रोहीहरुले मोहम्मद अल बशीरलाई नयाँ अन्तरिम प्रधानमन्त्री बनाएका छन् । उनले असद राष्ट्रपति हुँदा विद्रोहीले कब्जा जमाएको एक छोटो हिस्सालाई प्रशासित गरेका थिए । 


योसँगै विद्रोहीहरुले अब असदले गरेका अत्याचारको एकपछि अर्को पर्दाफास गर्ने रणनीति बनाएको बुझिएको छ । विद्रोही नेताहरुले राजनीतिक कैदीमाथि अत्याचार गर्ने मामिलामा संलग्न असद शासनका वरिष्ठ अधिकारीहरुको नाम सार्वजनिक गर्ने उदघोष गरिसकेका छन् । 


दमास्कसमा रहेका विद्रोही लडाकुहरुले अस्पतालको मुर्दा घरमा अहिले पनि ४० भन्दा बढी शव देखिएका छन् ती शव हेर्दा चरम यातनाका निशानहरु देखिएको अलजजिरा अनलाइनले उल्लेख गरेको छ ।