(Japan) 15 th April | 2026 | Wednesday | 7:27:15 AM || (Nepal) 4:12:15 AM
 
 


उत्तर कोरियाली आक्रमणको डरले दक्षिण कोरियाली राष्ट्रपतिद्वारा सैनिक कानुन घोषणा

  POSTED ON : Wednesday, 04 December, 2024 | Views : 2790

उत्तर कोरियाली आक्रमणको डरले दक्षिण कोरियाली राष्ट्रपतिद्वारा सैनिक कानुन घोषणा


टोकियो, जापान ।

दक्षिण कोरियाका राष्ट्रपतिले आपतकालिन रुपमा देशमा सैनिक कानुनको घोषणा गरेका छन्।


दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलले मंगलबार अबेर  देशको नाममा गरेको सम्बोधनमा देशको प्रमुख विपक्षी दललाई उत्तर कोरियाप्रति सहानुभूति र राज्य विरोधी गतिविधिको आरोप लगाउँदै मार्शल ल (सैनिक कानुन) घोषणा गरेका हुन्।


युनले के विशेष उपायहरू लिइने बारे बिस्तृतमा खुलाएका छैनन ।


उनले संसदमा बहुमत भएको विपक्षी डेमोक्रेटिक दलले शीर्ष अभियोजकहरूलाई महाभियोग लगाउन र सरकारी बजेट प्रस्ताव अस्वीकार गर्ने प्रस्तावलाई उद्धृत गरेका छन ।


युनले विपक्षीका कार्यहरूलाई “विद्रोहलाई उक्साउने उद्देश्यले स्पष्ट राज्य विरोधी व्यवहार” को सॅज्ञा दिएका छन ।


यी कार्यहरूले राज्यको मामिलालाई पक्षघात पारेको र राष्ट्रिय सभालाई अपराधीहरूको अड्डामा परिणत गरेको दावी उनले गरेका छन ।


दक्षिण कोरियाली राष्ट्रपति यून सुक यउलले बिना पूर्वघोषणा सोमबार अबेर राति गरिएको टेलिभिजन सम्बोधनमा देशलाई "उत्तर कोरियाली कम्युनिस्ट बलहरू"बाट जोगाउन र राज्यविरोधी तत्त्वहरूलाई समाप्त गर्न उक्त कदम आवश्यक भएको बताएका छन ।