(Japan) 15 th April | 2026 | Wednesday | 7:27:16 AM || (Nepal) 4:12:16 AM
 
 


‘इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु युद्ध र मानवताविरुद्धको अपराधी’ पक्राउ पुर्जी जारी

  POSTED ON : Friday, 22 November, 2024 | Views : 1168

‘इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु युद्ध र मानवताविरुद्धको अपराधी’ पक्राउ पुर्जी जारी


एजेन्सी ।

गाजामा मच्चाएको नरसंहारमा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ ।


अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी)ले बिहीबार युद्ध र मानवताविरुद्धको अपराधमा दोसी करार गर्दै नेतान्याहुमाथि पक्राउ पुर्जी जारी गरेको हो ।


नेतान्याहुबाहेक इजरायली पूर्वरक्षामन्त्री योभ गालान्ट र हमासका नेता मोहम्मद डिफविरुद्ध पनि पक्राउ पुर्जी जारी गरिएको छ । तर, रिपोर्टका अनुसार, इजरायलले डिफको यसअघि नै हत्या गरिसकेको छ ।


अदालतका मुख्य अभियोजक करिम खानले गत मे महिनामा पक्राउ पुर्जी जारी गर्न अनुरोध गरेका थिए । गाजामा ठूलो भोकमरीको कारण नेतान्याहु र गालान्ट दोषी रहेको उनको आरोप थियो ।


गत वर्षको अक्टोबर ७ मा हमास लडाकुहरूले इजरायलमा आक्रमण गरेका थिए । त्यसक्रममा एक हजारभन्दा धेरैको ज्यान गएको थियो भने २५० भन्दा बढी इजरायली अपहरणमा परेका थिए ।


जवाफी कारबाहीमा उत्रिएको इजरायलले अझै आक्रमण गरिरहेको छ । जसमा ४४ हजारभन्दा बढी प्यालेस्टाइनिको इजरायलले हत्या गरिसकेको छ् । एक लाखभन्दा बढी घाइते भएका छन् ।


यसैगरी लेबनानमा समेत गाजामा जस्तैगरि बमबारि र रकेट आक्रमण गरिरहेको इजरायलले ४ हजार भन्दा धेरैको ज्यान लिइसकेको छ ।


यि सब नरसंहारका बाबजुद अमेरिका, बेलायत, जर्मनी लगायत अधिकांश युरोपेली देशहरुले इजरायललाई हतियार उपलब्ध गराइरहेका छन । कतिसम्म भने अमेरिकाले राष्ट्रसंघमा युद्वबिराम प्रस्ताव समेत भिटो प्रयोग गरी पारीत हुन नदिएर इजरायलको नरसंहारमा साथ र सहयोग दिइरहेको छ ।