(Japan) 15 th April | 2026 | Wednesday | 7:33:17 AM || (Nepal) 4:18:17 AM
 
 


इजरायली राष्ट्रपतिलाई टर्किएले हवाईमार्ग नदिंदा जलवायु सम्मेलन जान पाएनन्

  POSTED ON : Tuesday, 19 November, 2024 | Views : 666

इजरायली राष्ट्रपतिलाई टर्किएले हवाईमार्ग नदिंदा जलवायु सम्मेलन जान पाएनन्


टोकियो, जापान ।

गाजामा गरिरहेको नरसंहार र लेबनानमाथिको बमबारीको बिरोध स्वरुप टर्किएले इजरायली राष्ट्रपति इसहाक हर्जोगको हवाईजहाजलाई आफ्नो हवाई रुट प्रयोग गर्न नदिएको खुलासा भएको छ ।

इजरायली राष्ट्रपति अजरबैजान जाने क्रममा टर्किएको हवाई क्षेत्र प्रयोग गर्न अनुमाति मागेको थियो तर टर्किएले आफ्नो हवाई क्षेत्र प्रयोग गर्न नदिएको चिनियाँ समाचार संस्था सिन्ह्वाले खुलासा गरेको हो ।

इजरायली सरकारले हर्जोगको विमानलाई नोभेम्बर ११ तारिखमा शुरू भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय फ्रेमवर्क कन्भेन्सनको २९औं सम्मेलन (कोप १९) मा सहभागिताका लागि टर्किएको हवाई क्षेत्र प्रयोग गर्न अनुमति मागेको थियो । जसलाई टर्किएका अधिकारीहरूले अस्वीकार गरेका खबरमा उल्लेख छ । टाइम्स अफ इजरायलले भने सुरक्षाको कारणले गर्दा हर्जोगले अस्ति अजरबैजानको आफ्नो भ्रमण रद्द गरेको दाबी गरेको छ ।

प्यालेस्टाइनको मुद्दालाई लिएर टर्किए र इजरायलबीचको सम्बन्ध सन् २०१० देखि तनावग्रस्त छ । टर्किए प्यालेस्टाइन र गाजाको पक्षमा रहेको छ भने इजरायले टर्किएका कदमको विरोध गर्दै आएको छ । पछिल्लो समय इजरायलले गाजामा गरिरहेको नरसंहारको टर्किएले चर्को विरोध गर्दै इजरायलसँगको ९० प्रतिशत व्यापार पनि स्थगित गरेको छ ।