एजेन्सी ।
अमेरिकाको राष्ट्रपति निर्वाचनमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प बिजयी हुने लगभग निश्चित भएको छ । ट्रम्प डेमोक्रेटिक उम्मेदवार तथा निवर्तमान उपराष्ट्रपति कमला ह्यारिसलाई पराजित गर्दै दोस्रो पटक अमेरिकी राष्ट्रपति बन्न लागेका हुन् ।
यो समाचार तयार पार्दासम्म अमेरिकी राष्ट्रपतिमा जितको लागि २७० इलोक्ट्रोलर भोट चाहिनेमा ट्रम्पले २६७ जितिसकेका छन् । अमेरिकाको नयाँ राष्ट्रपति बन्नको लागि ट्रम्पलाई केवल ३ इलेक्ट्रोलर भोट आवश्यक छ ।
मतगणना जारी रहेको र ट्रम्प जित उन्मुख रहेका जर्जिया १६, नर्थ क्यारोलिना १६, पेन्सलभेनिया १९ इलेक्ट्रोलर भोट रहेको छ । यो ट्रम्पको जितको लागि पर्याप्य स्थान हुन् ।
एकपछि अर्को स्वीङ स्टेटमा पाएको सफलतासँगै ट्रम्पले आफ्ना समर्थकलाई सम्बोधन गर्ने तयारी भइरहेको छ । फ्लोरिडास्थित चुनावी अभियानको कार्यालयमा उनका समर्थकहरु ठूलो संख्यामा भेला भएका छन् ।
यसअघिका विभिन मत सर्वेक्षणमा अघि देखिएकी कमला ह्यारिस पराजित नजिक पुगेकी छिन् । यो समाचार तयार पार्दासम्म कमलाले केवल १८८ इलेक्ट्रोलर मत पाएकी छिन् ।