एजेन्सी ।
स्पेनका राजा फिलिप र रानी लेटिजियालाई स्पेनको बाढीग्रस्त भ्यालेन्सियाका जनताले लखेटेका छन् । बाढीग्रस्त क्षेत्रको भ्रमण गर्ने क्रममा जनताले माटो र अन्य सामानले हानेर उनिहरुलाई लखेटेका हुन् ।
भ्यालेन्सियाको बाढीग्रस्त क्षेत्रको भ्रमणको क्रममा स्पेनका राजा फिलिप र रानीमाथि आक्रोशित प्रदर्शनकारीहरुले बाढी कै माटो र अन्य वस्तुले प्रहार गरेका थिए । बाढी प्रभावित जनताले आक्रोश देखाएपछि राजालाई त्यहाँबाट सुरक्षाकर्मीहरुले बताएर निकालेका थिए भने उनले आफ्नो अर्को भ्रमण रद्द गरेको बताइएको छ ।
भ्यालेन्सियामा राजा फिलिपविरुद्ध आम जनताले गरेको विरोधपछि त्यहाँका राष्ट्रपति कार्लोस माजेनले जनताको क्रोध र प्रतिक्रिया बुझेको र जनताको गुनासो सुन्नु आफ्नो राजनीतिक र नैतिक दायित्व भएको बताएका छन् ।
यसअघि स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेज र उनको टोलीलाई पनि प्रभावितहरुले बिरोध जनाएपछि भ्यालेन्सियाको पिपोर्टाबाट सकुशल निकालिएको थियो । वर्षा र बाढीका कारण क्षतीग्रस्त भ्यालेन्सिया भ्रमण गर्ने क्रममा उनि माथि पनि आक्रोशित जनताले विरोध जनाउँदै माटोले आक्रमणको प्रयास गरेका थिए ।
स्पेनमा दशकौँ पछि आएको बाढीले करिब २ सय १४ जना भन्दा बढीको मृत्यु भइसकेको छ भने लाखौँ मानिस अझ प्रभावित छन् । राज्यले भिषण बाढि अघि पर्याप्त जानकारी नदिएको तथा उद्दार र पिडामा रहेका जनालाई सम्वोधन गर्न कुनै पहल नगरेको भन्दै त्यहाँका जनता आक्रोशित भएर राज्य प्रमुखहरुमाथि आक्रमण गरेको टिप्पणी भइरहेको छ ।
यसैबीच, स्पेनको राष्ट्रिय मौसम विज्ञान एजेन्सीले भ्यालेन्सियाको दक्षिणी भागहरूमा थप भारी वर्षा हुने भन्दै चेतावनी जारी गरेको छ ।