(Japan) 13 th December | 2024 | Friday | 3:07:59 AM || (Nepal) 11:52:59 PM
 
 


उत्तर कोरियाद्वारा रुसलाई युक्रेनमाथि ‘विजय’ नभएसम्म साथ दिने घोषणा

  POSTED ON : Saturday, 02 November, 2024 | Views : 392

उत्तर कोरियाद्वारा रुसलाई युक्रेनमाथि ‘विजय’ नभएसम्म साथ दिने घोषणा


एजेन्सी । 

उत्तर कोरियाली विदेश मन्त्री चो सोन हुईले शुक्रबार मस्कोमा पश्चिमा देशलाई टाउको दु:खाउने गरी युक्रेन युद्वमा रूस विजय नभएसम्म साथ दिने घोषणा गरेका छन । युक्रेन बिरुद्वको युद्वमा अहिलेसम्म करिव १० हजार उत्तर कोरियाली सैनिक परिचालन भइसकेको बताइन्छ । 


यसअघि नै अमेरिकाले आगामी दिनमा युक्रेन द्वन्द्वमा हजारौं उत्तर कोरियाली सेना सहभागी हुन सक्ने चेतावनी दिएको छ।


अमेरिका र दक्षिण कोरियाले ८  हजार भन्दा धेरै उत्तर कोरियाली सैनिकहरू रूसमा प्रशिक्षण लिइरहेको र रूसको पक्षमा लडाइँमा सहभागी हुने क्रममा रहेको बताउँदै आएका छन्। 


वासिङ्टन र सियोलले उत्तर कोरियालाई आफ्नो सेना फिर्ता लिन चेतावनी दिएका छन् भने केही सेना कुर्स्क सीमा क्षेत्रमा पुगेको अमेरिकी गुप्तचरले जनाएको छ ।


‘विजयसम्म सधैँ रुसी सेनासँग दृढतापूर्वक उभिने’ विदेश मन्त्री चो सोन हुईले रूसी समकक्षी सर्गेइ लाभ्रोभसँगको वार्तापछि मस्कोमा घोषणा गरेका हुन ।


उनले उत्तर कोरियालाई राष्ट्रपति भ्लादिमिर पुटिनको “बुद्धिमानी नेतृत्व“ मा कुनै शङ्का नभएको र प्योङयाङसँग आपसी सहयोग सम्झौतामा हस्ताक्षर गरेको बताउँदै सम्बन्ध सक्षम बनाएको उल्लेख गरेका छन । 


उनले उत्तर कोरियाले आणविक हतियारको विकास जारी राख्ने वाचा गरे । प्योङयाङले सैन्य सहयोगको बदलामा रूसबाट आणविक प्रविधि चाहेको आशङ्का गरिएको छ।


रूसी विदेशमन्त्री लाभ्रोभले दुई देशका “सेना र विशेष सेवाहरू“ बीचको “घनिष्ठ सम्बन्ध“ को प्रशंसा गर्दै युक्रेनमा उत्तर कोरियाको सहयोगका लागि रूस ‘आभारी’ रहेको बताए ।


सन् २०२२ फेब्रुअरीमा सुरु भएको रूस युक्रेन युद्वले पश्चिमसँगको रुसी सम्बन्ध तिक्ततापूर्ण छ भने बेलारुस, उत्तर कोरिया, इरान लगायत अमेरिका बिरोधी देशहरु रूसको समर्थकका रूपमा देखापरेका छन् । लाभ्रोभले पुटिनको जुलाईको प्योङयाङ भ्रमणले सम्बन्धको “नयाँ चरण“ सुरु गरेको बताए ।


शुक्रबार मात्र उत्तर कोरियाले अमेरिकाको जुनसुकै भागमा खसाल्नसकिने अहिलेसम्मको लामो दुरिको क्षेप्यास्त्रको सफलतापुर्वक परीक्षण गरेको घोषणा गरेको छ । उक्त मिसाइलले करिव १५ हजार किलोमिटर उडान भरेको थियो ।