(Japan) 18 th April | 2026 | Saturday | 6:00:42 PM || (Nepal) 2:45:42 PM
 
 


उत्तर कोरियाले हानेको अहिलेसम्मकै लामो दुरीको क्षेप्यास्त्र जापान सागर नजिकै खस्यो

  POSTED ON : Thursday, 31 October, 2024 | Views : 1078

उत्तर कोरियाले हानेको अहिलेसम्मकै लामो दुरीको क्षेप्यास्त्र जापान सागर नजिकै खस्यो


एजेन्सी ।

उत्तर कोरियाको सरकारी मिडियाले बिहीबार बिहान अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको घोषणा गरेको छ । जापान र अमेरिकाले यसको कडा निन्दा गरेका छन् ।

राज्य संचालित कोरियाली केन्द्रीय समाचार एजेन्सीले देशका नेता किम जोङ उन प्रक्षेपणमा उपस्थित रहेको बताएको छ ।

होक्काइदोको ओकुशिरी टापुमा रहेको एनएचके क्यामेराले बिहान साँडे ८ बजे जापान सागरमा सेतो वस्तुहरू खसेको फुटेज खिचेर प्रशारण गरेको छ ।

जापानका रक्षा अधिकारीहरूले उत्तरले राजधानी प्योङयाङको नजिक मानिने क्षेत्रबाट बिहान ७ः११ मा कम्तीमा एउटा मिसाइल प्रहार गरेको घोषणा गरेका छन् ।

उनीहरुका अनुसार उक्त क्षेप्यास्त्र बिहान ८ः३७ मा होक्काइदा टापुबाट करिब २०० किलोमिटर पश्चिममा जापानको विशेष आर्थिक क्षेत्रभन्दा केहि बाहिर खसेको अनुमान गरिएको छ ।

जापानका रक्षामन्त्री नाकातानी जनरलले ूयस पटक प्रक्षेपण गरिएको क्षेप्यास्त्र अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल हो भन्ने विश्वास गरिएको बताएका छन् । तर मन्त्रालयले यो नयाँ प्रकारको ब्यालेस्टिक मिसाइल हो कि होइन भन्ने विवरणहरू विश्लेषण गरिरहेको बताएका छन् ।

उनले उत्तर कोरियाको क्षेप्यास्त्र उडान एक घन्टा २६ मिनेट भएको जुन उत्तरले प्रक्षेपण गरेको सबैभन्दा लामो ब्यालिस्टिक मिसाइल हो । उनले करिब १ हजार किलोमिटर उडेको मिसाइल अधिकतम ७ हजार किलोमिटरको उचाइमा पुग्न सक्ने बताए ।

जापानका मुख्य क्याबिनेट सचिव हायासी योशिमासाले पछिल्लो प्रक्षेपण एक अपमानजनक कार्य भएको जसले सम्पूर्ण अन्तर्राष्ट्रिय समुदायमा तनाव बढाएको बताएका छन् ।

उनले उत्तर कोरियाको कार्यले जापान, यस क्षेत्र र अन्तर्राष्ट्रिय समुदायको शान्ति र सुरक्षालाई खतरामा पार्ने बताए र यो पूर्ण रूपमा अस्वीकार्य भएको बताए ।

प्योङयाङले पछिल्लो पटक सन् २०२३ को डिसेम्बरमा अन्तरमहादेशिय लामो दुरीको मिसाइल प्रक्षेपण गरेको थियो।

जापानी सरकारी स्रोतहरूले उक्त क्षेप्यास्त्र माथिबाट प्रक्षेपण गरिएको हुन सक्ने बताएका छन् । यसको मतलब यो ठाडो कोणमा फायर गरिएको थियो।

तटरक्षक अधिकारीहरूले प्रक्षेपणबाट भएको क्षतिको बारेमा अहिलेसम्म कुनै समाचार प्राप्त नभएको बताएका छन्।

यस वर्ष उत्तरले ब्यालिस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको यो १२ औं पटक हो ।

दक्षिण कोरियाको रक्षा मन्त्रालयले बिहीबार उत्तर कोरियाले नयाँ प्रकारको लामो दूरीको ठोस इन्धन ब्यालिस्टिक मिसाइल प्रक्षेपण गरेको हुनसक्ने बताएको छ ।

ह्वाइट हाउसको राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता सेन साभेटले बुधबार एक विज्ञप्ति जारी गर्दै यो प्रक्षेपण ूसंयुक्त राष्ट्र सुरक्षा परिषद्का धेरै प्रस्तावहरूको स्पष्ट उल्लङ्घन भएको बताएका छन् ।

अमेरिकाले अमेरिकी मातृभूमि र यसका सहयोगीहरू, दक्षिण कोरिया र जापानको सुरक्षा सुनिश्चित गर्न आवश्यक सबै उपायहरू गर्ने बताएको छ ।

युक्रेन युद्धमा रुसमा १० हजार उत्तर कोरियाली सेना तैनाथ भएको बताइरहँदा तथा अमेरिकी राष्ट्रपतिय चुनावको संघारमा उत्तर कोरियाको अमेरिकासम्म मारहान्न सक्ने क्षमताको क्षेप्यास्त्र परिक्षणलाई नेता किम जोङ उनले आफ्नो देश हतियार निर्माणमा प्रतिबद्ध र साझेदार देशसँगकोसम्वन्ध विस्तारमा रहेको देखाएको छ ।