काठमाडौं ।
गाजामा एक बर्ष देखिको नरसंहारमा झन्डै ५० हजार प्यालेस्टाइनी नागरिकको हत्या र लेबनानमाथि उस्तै बिध्वस मच्चाएको इजरायलले इरानमाथि आक्रमण गरेको छ ।
अमेरिका र पश्चिमा देशको संरक्षणमा राष्ट्रसंघ सुरक्षा बलमाथि समेत आक्रमणमा उत्रेको इजरायली डिफेन्स फोर्स–आईडीएफका प्रवक्ता ह्यानियल हगागीले इजरेली सेनाले इरानमाथि हवाई आक्रमण गरेको पुष्टि गरेका छन ।
अक्टोबर १ मा इरानले हिजबुल्लाह नेता र आफ्ना सैन्य अधिकारिको इजरायली सेनाले गरेको हत्याको बदलामा इजरायलमाथि गरेको आक्रमणको जवाफ स्वरुप आज इरानमाथि आक्रमण गरेको बताएको छ । इरानमाथि आक्रमण गर्नु इजरायलको अधिकार र कर्तव्य रहेको तर्क हगागीको छ ।
इजरायलले शनिवार बिहान इरानको राजधानी तेहरान नजिकका थुप्रै सैन्य अखडामा आक्रमण गरेको र सो आक्रमणको आवाज इरानको राजधानी तेहरानमा सुनिएको इरानी मिडियाहरुले पुष्टि गरेका छन । उक्त आक्रमण इरानको सैन्य पूर्वाधारलक्षित भएको बताइएको छ ।
इजरायली सेनाले बिहान गरेको आक्रमण इरानी सेनालक्षित रहेको आईडीएफका प्रवक्ता हगारीले बताए ।
इजरायली नरसंहारमा साथ दिंदै उसको बचाव मात्र नभई घातक अर्बौको हतियार अनुदान दिंदै आएको अमेरिकाले इरानले ब्यालेस्टिक मिसाइलले आक्रमण गरेको जवाफमा इजरायलले इरानमाथि आक्रमण गरेको जिकिर गरेको छ । त्यस्तै उक्त आक्रमणमा अमेरिकाको कुनै हात नरहेको समेत ह्वाइट हाउसले जनाएको छ । तर यो आक्रमणको योजना बारे आक्रमण अघि इजरायलले अमेरिकालाई गराएको अमेरिकि मिडियाहरुले खबर लेखेका छन ।