एजेन्सी ।
गाजा नरसंहार जारी राखेको इजरायलले लेबनानमा समेत बिध्वंश सुरु गरेपछि त्यसको बिरोध गर्दै तत्काल आक्रमण रोक्न इजरायललाई ८० बढि देश र संस्थाले दबाव दिएका छन् । लेबनानका लागि अन्तर्राष्ट्रिय सम्मेलनले मानवीय सहायता र सैन्य सहयोगका लागि १ अर्ब डलर सङ्कलन समेत गरेको छ ।
इजरायलले हिजबुल्लाह विरुद्ध भन्दै दैनिक दर्जनौं सर्वसाधारणको ज्यान लिनेगरि गरिरहेको बमबारीका बिच देशले बढ्दो मानवीय संकटको सामना गरिरहँदा यो सहयोग जुटेको हो ।
बिहीबार पेरिसमा भएको सम्मेलनमा ८० भन्दा बढी राष्ट्र र अन्तर्राष्ट्रिय संस्थाले भाग लिएका थिए । सहभागीहरुले सामूहिक रूपमा ८० करोड मानवीय सहायता सहायता र २० करोड डलर लेबनानको सुरक्षा बलहरूको लागि उपलब्ध गराउने बाचा गरेका छन् ।
यस महिनाको सुरुमा, संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेर्रेसले लेबनानमा तत्काल मानवीय आवश्यकताहरू ४ अर्ब २६ करोड डलर अनुमान गरिएको भन्दै अन्तर्राष्ट्रिय समुदायमा आग्रह गरेका थिए ।
सम्मेलन लेबनानको पूर्व औपनिवेशिक शासक फ्रान्सले आयोजना गरेको थियो । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले आफ्नो उद्घाटन भाषणमा अधिक क्षति, धेरै पीडितहरू, थप आक्रमणले आतंकवादको अन्त्य नगर्ने र भन्दै तत्काल युद्ध बिरामले मात्र सबैको सुरक्षा सुनिश्चित गर्ने बताए । उनले इजरायललाई लेबनानमाथिको आक्रमण तत्काल रोकेर युद्ध बिराम गर्न समेत आग्रह गरेका थिए ।