(Japan) 18 th April | 2026 | Saturday | 5:47:11 PM || (Nepal) 2:32:11 PM
 
 


अष्ट्रेलियाली संसदमा बेलायती राजाको विरोधमा सांसदले नाराबाजी गरेपछि...

  POSTED ON : Tuesday, 22 October, 2024 | Views : 878

अष्ट्रेलियाली संसदमा बेलायती राजाको विरोधमा सांसदले नाराबाजी गरेपछि...


क्यानबेर्रा ।

बेलायती राजा चाल्स अहिले अष्ट्रेलियाको राजकिय भ्रमणमा छन् । फेब्रुअरीमा क्यान्सरको निदान भएयता यो उनको पहिलो शाही भ्रमण थियो ।

उनी चर्च सर्भिसका लागि अष्ट्रेलिया आएका थिए । राजकीय भ्रमणको दोस्रो दिन सोमबार चाल्र्सले अष्ट्रेलियाको सांसदलाई सम्बोधन गरेका थिए ।


तर अष्ट्रेलियाको संसदमा सम्बोधन पूरा गरेलगत्तै उनले विरोधको सामना गर्नु गरेको छ । ‘तिमी मेरो राजा होइनौँ, तिमीले हाम्रो भूमि लुटेर लिएका हौ, हाम्रो भूमि फिर्ता गर’ भन्दै स्वतन्त्र सांसद लिडिया थोर्पले राजाकै सामु बिरोध जनाइन ।

उनी कराउन थालेपछि सुरक्षाकर्मीहरूले बाहिर निकाले । आफ्नो भाषण सकेर राजा मञ्चमा रानी क्यामिला बसेको ठाउँसम्म जाँदै थिए । त्यति नै बेला थोर्प चिच्याउन थालिन् ।


‘यो तिम्रो भूमि होइन, तिमी मेरो राजा होइनौँ,’ भन्दै उनी कराइरहेकी थिइन् । तर समारोह उक्त घटनाबारे केही उल्लेख नै नागरिक सकियो । 

राजा र रानी पनि संसद् भवनभित्र आफूहरूलाई अभिवादन गर्न उभिरहेका सर्वसाधारणलाई भेट्न निस्के । अष्ट्रेलिया कमनवेल्थ देश हो ।

चाल्स त्यहाँका हेड अफ स्टेट पनि हुन् । थोर्प भिक्टोरियाकी स्वतन्त्र सांसद हुन् ।