(Japan) 17 th April | 2026 | Friday | 5:26:01 PM || (Nepal) 2:11:01 PM
 
 


इजरायली विध्वंश जारी रहेको लेबनान भ्रमणमा इटालियन प्रधानमन्त्री

  POSTED ON : Sunday, 20 October, 2024 | Views : 1044

इजरायली विध्वंश जारी रहेको लेबनान भ्रमणमा इटालियन प्रधानमन्त्री


एजेन्सी ।

इटालियन प्रधानमन्त्री जर्जिया मेलोनीले इजरायली आक्रमण जारी रहेको लेबनानको भ्रमण गरेकी छिन् । लेबनानी जनतालाई समर्थनको सन्देश दिन उनले लेबनानको भ्रमण गरेकी हुन् ।

लेबनानका कार्यवाहक प्रधानमन्त्री नजिब मिकातीसँगको भेटपछिको संयुक्त पत्रकार सम्मेलनमा मेलोनीले लेबनानमा आफ्नो उपस्थितिको उद्देश्य द्वन्द्वका परिणामबाट पीडित नागरिकप्रति ऐक्यवद्धता र निकटता व्यक्त गर्नु रहेको बताएकी छिन् ।

आफ्नो पक्षका लागि मिकातीले इजरायललाई युद्धविराम गर्न, अन्तर्राष्ट्रिय कानूनको सम्मान गर्न, संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्ताव १७०१ लागू गर्न र लेबनानी सार्वभौमसत्ताको कुनैपनि उल्लङ्घन बन्द गर्न इजरायललाई आग्रह गरेकी छिन् ।

उनले युनिफिल सेनासँगको सहकार्यमा आफ्नो कर्तव्य पूरा गर्न दक्षिणमा सेनाको उपस्थितिलाई बलियो बनाउन सरकारको तयारीमा जोड दिइन् । 

इटालीले लेबनान र लेबनानीहरुविरुद्ध चलिरहेको इजरेली बमबारी र नरसंहारलाई रोक्न प्रभावकारी भूमिका खेल्ने विश्वास उनले व्यक्त गरेकी छन् ।