(Japan) 17 th April | 2026 | Friday | 5:13:48 PM || (Nepal) 1:58:48 PM
 
 


हमास प्रमुख याह्या सिन्वरको हत्या गरेको इजरेलद्वारा पुष्टि

  POSTED ON : Friday, 18 October, 2024 | Views : 1022

हमास प्रमुख याह्या सिन्वरको हत्या गरेको इजरेलद्वारा पुष्टि


एजेन्सी ।

प्यालेस्टाइनी स्वतन्त्रताको पक्षमा गाजामा लड्दै आएको लडाकु समुह हमासका प्रमुख याह्या सिन्वारलाई आफुहरुले मारिदिएको इजरायली सेनाले पुष्टि गरेको छ । 


"एक वर्षको प्रयासपछि" गाजाको दक्षिणी भेगमा आफ्नो फौजको कारबाहीमा सिन्वार बुधवार मारिएको एजरेली सेनाले जनाएको छ । बुधवार ए

इजरेली सेनाले टेन्ट लगाएर बसेका सर्वसाधारण रहेको शरणार्थि शिबिरमा बमबारी गरेको थियो । जसमा परि शिनवर सहित २ दर्जन सर्वसाधारणको निधन भएको थियो भने ५० भन्दा धेरै सर्वसाधारण घाइते भएका छन ।


"गाजाका सर्वसाधारण मानिसहरूभन्दा पछाडि अनि गाजा स्ट्रिपमा रहेका हमासका सुरुङभन्दा माथि तथा मुनि एक वर्षसम्म लुकेपछि याह्या सिन्वारको नाश गरिएको छ," इजरेली डिफेन्स फोर्सेस (आईडीएफ) ले भनेको छ।


इजरेलका राष्ट्रपति आइज्याक हर्गजले सिन्वारलाई मारेकामा आफ्नो सेनाको प्रशंसा गरेका छन्। सिन्वारले "रक्तपात र आतङ्कका लागि" आफ्नो जीवन समर्पण गरेको उनको भनाइ छ।


त्यसै गरी त्यहाँका विदेशमन्त्री इजरेल काट्जले विश्वका विभिन्न देशका आफ्ना समकक्षीलाई एक सन्देश पठाउँदै यस घटनालाई "महत्त्वपूर्ण उपलब्धि"का रूपमा व्याख्या गरेका छन्।


यसअघि आईडीएफले गाजामा 'मारिएका तीनजनाको पहिचान हुन बाँकी रहेको बताएको थियो। आईडीएफले भनेको थियो, "आतङ्ककारीहरू मारिएको भवनभित्र बन्धकहरू रहेको सङ्केत छैन।"


समाचारसंस्था एएफपीका अनुसार मारिएकामध्ये सिन्वार भएनभएको निश्चित गर्न डीएनए परीक्षण जारी रहेको इजरेलका एक सुरक्षा अधिकारीले बताएका थिए।


उक्त समाचारपछि इजरेली रक्षामन्त्री योआभ गलान्टले सामाजिक सञ्जालमा "हाम्रा शत्रुहरू लुक्न सक्दैनन्" भनी लेखेका थिए।


सिन्वारलाई गत वर्षको अक्टोबर ७ तारिखमा दक्षिणी इजरेलमा हमासले गरेको आक्रमणको प्रमुख योजनाकारको रूपमा लिइन्थ्यो।

यसअघिका हमास प्रमुख इस्माइल हानियाको मृत्यु भएपछि नेतृत्व चयन गर्न हमासले दोहामा दुई दिन बैठक गरेको थियो।


सन् २०१७ देखि गाजा स्ट्रिपमा हमास समूहका नेता रहेका सिन्वारलाई सर्वसम्मतिमा उक्त समूहको राजनीतिक विभाग नेतृत्व गर्ने जिम्मेवारी दिइएको थियो । 


सिन्वरको हत्या भएपछि मध्यपूर्वमा तनाव चुलिएको छ। इरान र उसका सहयोगीहरूले इजरेललाई दोष लगाउँदै प्रतिशोध लिने बताएका छन्।


हमासमा सिन्वारलाई चरमपन्थी नेता मानिन्छ।

उनी यसअघि गाजा क्षेत्रमा हमासको राजनीतिक एकाइ प्रमुख थिए। सन् १९६२ मा जन्मेका सिन्वार हमासको सुरक्षा सेवा 'मज्द'का संस्थापक पनि थिए।

मज्दले गाजामा आन्तरिक सुरक्षा हेर्छ। त्यसमा सन्दिग्ध इजरेली गुप्तचरहरूको अनुसन्धान गर्ने जस्ता कार्यहरू पर्छन्। उनी आफैँले पनि इजरेली गुप्तचर र सुरक्षा सेवाका अधिकारीहरूमाथि दृष्टि राख्ने गरेको बताउने गरिन्छ।

सन् २०१५ को सेप्टेम्बरमा अमेरिकाले याह्‍या सिन्वारको नाम अन्तर्राष्ट्रिय चरमपन्थीको कालोसूचीमा राखेको थियो

सिन्वार तीन पटक पक्राउ परेका थिए। सन् १९८२ मा इजरेली सैनिकले उनलाई पहिलो पटक पक्राउ गरेको थियो। त्यतिबेला उनलाई चार महिना जेलमा राखिएको थियो।

सन् २०११ मा इजरेलले आफ्ना एक सैनिकको रिहाइको बदलामा हमास र फतहका कैदीहरूलाई रिहा गरेको थियो। त्यसमा याह्या सिन्वार पनि परेका थिए।

इजरेली कैदबाट मुक्त भएपछि उनी हमासमा आफ्नो पुरानो स्थानमा फर्किए। सन् २०१७ मा सिन्वार गाजा क्षेत्रमा हमासको राजनीतिक ‍विभाग प्रमुख बने।

अमेरिकाले उनलाई सन् २०१५ मा "अन्तर्राष्ट्रिय आतङ्ककारी" को सूचीमा राखेको छ।