एजेन्सी ।
गाजा पछि लेबनानमा नरसंहार सुरु गरेका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको धम्कीकै भरमा राष्ट्रसंघिय शान्ति सैनिक पछि नहट्ने राष्ट्रसंघले स्पष्ट पारेको छ ।
संयुक्त राष्ट्र सङ्घले दक्षिणी लेबननमा रहेका शान्ति स्थापक सैनिकहरू हाल रहेको कुनै पनि स्थानबाट अन्यत्र नहट्ने बताउँदै इजरेलले शान्ति सैन्य हटाउन गरेको धम्की र चेतावनी मान्य नुहने स्पष्ट पारेको छ ।
संयुक्त राष्ट्र संघीय शान्ति स्थापना कार्यका प्रमुख जँपीएर लाक्र्वाले न्यू योर्कमा पत्रकारहरूसँग कुरा गर्दै लेबनानमा युनिफिल सैन्यलाई तिनको हालकै स्थानमा कायमै राख्ने निर्णयलाई सुरक्षा परिषद र उक्त सैन्यमा आफ्ना सैनिकहरू पठाउने सदस्य राष्ट्रहरूको पूर्ण समर्थन रहेको बताएका छन् ।
आइतबार इजरेलका प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले संयुक्त राष्ट्र सङ्घलाई दक्षिणी लेबननबाट आफ्ना शान्ति स्थापक सैन्यलाई हटाउन ठाडो चेतावनी युक्त धम्की दिएका थिए ।
तर संयुक्त राष्ट्र सङ्घ शान्ति सैनिकहरूलाई तिनीहरू कायम रहेका स्थानबाट अन्यत्र नलैजाने निर्णयमा दृढ देखिएको छ ।
राष्ट्र सङ्घको शान्ति सेनाका प्रमुखले भनेका छन् 'नीलो हेलमेट'का नामले पनि चिनिने शान्ति सेना तिनीहरू हाल रहेकै स्थानमा बसिरहन जरुरी छ ।
तिनीहरूलाई संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषदले दिएको कार्यादेश, म्यान्डेट, पालना गर्न त्यहाँका गैरसैनिक जनताहरूलाई सहायता पुर्याउन पनि आवश्यक रहेको उनको भनाइ छ ।
इजरेलले त्यस क्षेत्रमा सुरुङ्हरू बनाउन र सी नजिकै रकेट र क्षेप्यास्त्रहरू राख्ने कार्यबाट हिज्बुल्लाहलाई रोक्न संयुक्त राष्ट्र सङ्घ असफल भएको झुठो दाबी गर्दै आएको छ ।
राष्ट्रसंघले आफ्ना शान्ति सैन्यहरूको अखडालाई जानाजान इजरायली सेनाले निसाना बनाइएको बताएको छ । तर राष्ट्रसंघिय शान्ति सेना बस्ने क्याम्पको मुख्य द्धार समेत बुल डोजर लगाएर तोडफोड गरेको घटनाको बचाउ गर्दै इजरेली प्रधानमन्त्री नेतन्याहूले राष्ट्रसंघले प्रमाण सहित बोलेका कुराको खण्डन गरेका छन्।
इजरेली सेनाको उक्त आक्रमणको घटनाको अन्तर्राष्ट्रिय रूपमा व्यापक आलोचना भएको छ
सोमवार एक हवाई हमला गरि इजरेली सेनाले लेबननको एक उत्तरी गाउँमा २० जना भन्दा बढी सर्वसाधारणको हत्या गरेको छ ।